2026-07-25 01:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘गणतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने बेला आएको छ’

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले पटक–पटक भएको सङ्घर्षबाट प्राप्त संवैधानिक अधिकारको रक्षाको निम्ति सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा दलीय आधारमा सम्बोधन गर्ने क्रममा श्रेष्ठले ठूलो सङ्घर्षबाट प्राप्त अधिकारको रक्षा गर्दै त्यसको कार्यान्वयनको निम्ति पनि गणतन्त्रवादी शक्तिहरु एकीकृत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पछिल्लो समय देशको परिस्थिति अत्यन्त गम्भीर र जटिल मोडमा पुगेको उल्लेख गर्दै उहाँले नेपालको सङ्घीय लोकतान्त्रिक, समानुपातिक समावेशी र धर्मनिरपेक्षतालगायत प्राप्त अधिकार जोगाउनु अहिलेको मुख्य चुनौती रेहको बताउनुभयो । उहाँले देशको अहिलेको मुख्य विषय सामाजिक र आर्थिक रुपान्तरण भएको उल्लेख गर्दै राजनीतिक उपलब्धिलाई सामाजिक र आर्थिक क्षेत्रमा विस्तारित गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सांसद श्रेष्ठले भन्नुभयो, “हामीले राजनीतिक परिवर्तन गरेका छौँ, तर जनताका शिक्षा, स्वास्थ्य, रोजगारको समस्या समाधान गर्न सकेका छैनौँ, जनताले पाउनुपर्ने न्यूनतम सेवा दिन सक्नुपर्छ ।” प्राप्त उपलब्धिलाई ठीक ढङ्गबाट जनतासमामु प¥याउनुपर्ने बताउँदै उहाँले दलहरुले एकता गर्दै समन्वय र सहमति गरेर देशको पक्षमा काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाली जनताले चाहेको र आजको आवश्यकताको स्तरको सामाजिक र आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्रताका साथ फड्कोमा पु¥याउन नसकेको यर्थात हो, यो कुरालाई हामीले स्वीकार गर्नुपर्छ ।” शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुमा जोड दिँदै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक