2026-09-08 09:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हनुमानढोका दरबार क्षेत्रको आम्दानी बढ्यो

काठमाडौँ | अघिल्लो आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको आम्दानीमा वृद्धि भएको छ ।

गत आवको वैशाख पहिलो हप्तासम्ममा रु १४ करोड छ लाख ६३ हजार पर्यटनबाट शुल्क सङ्कलन गरेको उक्त कार्यक्रमले चालु आवको सोही अवधिमा रु १५ करोड २६ लाख ३५ हजार सङ्कलन गरिसकेको कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिनुभयो ।

प्रमुख प्रधानका अनुसार पर्यटन सेवा शुल्कसँगै अन्य सेवा शुल्क र अन्य प्रशासनिक सेवा शुल्क गरी आयमा वृद्धि भएको हो । कार्यालयले चालु आवका लागि रु १७ करोड आम्दानी गर्ने लक्ष्य राखेको र सहज रुपमा लक्ष्यमा पुग्न सकिने उहाँको भनाइ छ । गत आवमा भने उक्त कार्यालयले रु १५ करोडको मात्र लक्ष्य लिएको थियो ।

सो कार्यालयको विशेषगरी हनुमानढोका घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कबाट लिइने रकम नै आम्दानी हो । हाल यहाँ उक्त ऐतिहासिक स्थान घुम्न आउने पर्यटक सार्क राष्ट्रका लागि रु ५०० निर्धारण गरिएको छभने अन्य मुलुकबाट आउने पर्यटकका लागि रु एक हजार निर्धारण गरिएको प्रधानले जानकारी दिनुभयो । नेपालीलाई प्रवेशका लागि शुल्क नलागे पनि सङ्ग्रहालय अवलोकनमा भने शुल्क लाग्ने गरेको छ ।

हनुमानढोका घुम्नका लागि पर्यटकीय मौसममा दैनिक ७०० सम्म पर्यटक आउने गरेका छन् । विशेषगरी भदौ, असोज र कात्तिकमा पर्यटक बढी आउने गरेको प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा सार्क राष्ट्रबाट ४७ हजार ३९९ पर्यटक अवलोकनका लागि आएका थिए भने अन्य देशबाट एक लाख ५३ हजार २६२ पर्यटक अवलोकनका लागि आएका बताइएको छ ।

त्यस्तै चालु आवको हालसम्मको अवधिमा सार्क राष्ट्रबाट ३५ हजार ७८५ र अन्य देशबाट भने एक लाख ४५ हजार ६२५ ले हनुमान ढोकाको अवलोकन गरिसकेका छन् । विगतको वर्षमा जस्तो नभई यस वर्ष वैशाखमा पनि पर्यटकको सङ्ख्यामा कुनै कमी नभएको बताइएको छ । इन्द्रजात्राको समयमा अन्य समयभन्दा अत्यन्तै धेरै पर्यटक आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित