2026-08-07 09:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आँखा स्वास्थ्य सेवालाई अझ विस्तार गर्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आँखा स्वास्थ्य सेवाका क्षेत्रमा नेपालले प्रगति गरको बताउनुभएको छ ।

विश्वभरिका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाको छाता सङ्गठन इन्टनेसनल एजेन्सी फर ‘द प्रिभेन्सन अफ ब्लाइन्डनेस ’ (आइएपिबी)द्वारा नेपालमा पहिलो पटक आयोजित सो ‘ इन साइट अफ लाइभ २०३०’ नामक अन्तरराष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले विश्वव्यापी आँखा स्वास्थ्य सेवाको लक्ष्य प्राप्त गर्न तर्फ काम गरिरहेको बताउनुभयो ।

मन्त्री पौडेलले आँखा नेपालमा आँखा उपचार नवीन उपचार पद्धति रहेको समेत बताउनुभयो । उहाँले सहरीकरण, बुढ्यौली र जीवनशैली परिवर्तनले आँखा स्वास्थ्य सेवाको माग बढाइरहेको बताउनुभयो । उहाँले दक्षिण–पूर्वी एसियामा अन्धोपन अझै पनि उच्च रहेको जनाउँदै सम्मेलनले आँखा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । मन्त्री पौडेलले भन्नुभयो,“ आँखा सेवा पहुँच सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयले उच्च प्राथमिता दिएको छ । ”

उहाँले नेपालले आँखा उपचारलाई अझ सुधार गर्नका लागि राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकृत गर्ने तथा विद्यालय, कार्यस्थल र समुदायमा बलियो साझेदारी निर्माण गर्ने जानकारी दिनुभयो । नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्तले समुदायस्तरमा गुणस्तरीय आँखा स्वास्थ्यको पहुँच पु¥याउन सङ्घले अनवरत प्रयास गरिरहेको जानकारी दिनुभयो ।

सम्मेलनमा विश्वभरका अन्धोपन निवारण तथा आँखा स्वास्थ्य क्षेत्रमा कार्यरत आइएपिबीका सदस्य संस्थाका प्रतिनिधि सहभागिता रहेको छ । आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तरराष्ट्रिय परोपकारी संस्था, आँखा अस्पताल, शैक्षिक संस्थान, व्यावसायिक सङ्घ र कर्पोरेट संस्था मुख्यतया आइएपिबिका सदस्य रहन्छन् । नेपाल नेत्रज्योति सङ्घ, नेपाल आँखा अस्पताल, तिलगङ्गा आँखा प्रतिष्ठान र बिपी आई फाउण्डेशन आइएपिबीका सदस्य छन् ।

विश्वभरिका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाको छाता सङ्गठनका रुपमा रहेको आईएपिबीले अन्तरारष्ट्रियरुपमा आँखा स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आइरहेको छ । आँखा स्वास्थ्य क्षेत्रमा विश्वव्यापी रुपमा सहकार्यलाई प्रवद्र्धन गर्ने, नेतृत्वलाई प्रेरित गर्ने र वकालतलाई सशक्त बनाउने हेतुले हरेक वर्ष विभिन्न देशमा विभिन्न अन्तरराष्ट्रिय सम्मेलनको आयोजना गर्ने गर्दछ ।

सन् २०२४ को आइएपिबी सम्मेलन मेक्सिकोमा आयोजना गरिएको थियो । आईएपिबीको दक्षिण पूर्वी एसियाका प्रमुख युद्धध्वज सापकोटाका अनुसार सम्मेलनमा करिब १०० राष्ट्रका ५०० जनाले सहभागिता रहेको जनाइएको छ । सम्मेलनमा सहभागी देशका बीचमा आँखा उपचार सेवाका अनुभव , चुनौतीका विषयमा अनुभव आदान प्रदान एवम् आँखा रोग विशेषज्ञद्वारा विशेष विशेष प्रवचन समेत दिनुहुने छ ।

नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार उक्त सम्मेलनमा विशेषगरी सन् २०३० सम्ममा विश्वमा आँखा स्वास्थ्यका क्षेत्रका लागि आवश्यक रणनीति तथा योजनाका विषयमा छलफल हुनेछ ।

सङ्घका महासचिव भरतबहादुर चन्दले सम्मेलनले नेपालको आँखा उपचार सेवालाई विश्वव्यापीकरण गर्नुका साथै देशको पर्यटन विकासमा समेत महत्वपूर्ण टेवा पु¥याउने बताउनुभयो । उहाँले भन्नुभयो, “‘इन साइट अफ लाइभ २०३०’ नेपालमा आयोजना हुनु हामी सबैका लागि गर्वको विषय हो, यसले हाम्रो देशको आँखा उपचार सेवालाई विश्व समुदायसम्म पु¥याउन मद्दत गर्नुका साथै नेपालको पर्यटन विकासमा समेत महत्वपुर्ण हुनेछ । ” सङ्घअन्तर्गत हाल देशभरमा २८ आँखा अस्पताल, एक सय ६० आँखा उपचार केन्द्र तथा ४५ जिल्ला शाखा सञ्चालनमा छन् । स्थापनादेखि हालसम्म सङ्घले नेपाली नागरिक तथा अन्य देशका गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार गरिसकेको छ । एकाउन्न लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव