६ जेष्ठ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटन क्षेत्रलाई दिगो र आम्दानीमूलक बनाउने खाकासहित सुझाव पेस

२२ बैशाख २०८२, सोमबार १४:४१

काठमाडौँ | पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रलाई दिगो र आम्दानीमूलक क्षेत्र बनाउन सकिने आधारसहितको सरकारलाई सुझाव पेस गरेका छन् ।

पर्यटन क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर नेपालको पर्यटन क्षेत्रलाई दीगो, समावेशी तथा उच्च आम्दानीमूलक बनाउन सकिने आधारसहित सुझाव तथा मागपत्र पेस गरेका हुन् । पर्यटन व्यवसायीले हवाई टिकटमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रुपमा हटाउनुपर्ने, पाँचतारे र उच्च श्रेणीका होटलमा लागू दुई प्रतिशत विलाशिता कर हटाउनुपर्ने, हवाई टिकटमा आउटस्ट्यान्डिङ ट्याक्स प्रणाली कार्यान्वयन गर्नुपर्नेलगायत माग गरेका छन् ।

यस्तै, साना तथा मझौला पर्यटन व्यवसायीलाई सहुलियत कर्जा र कर छुटको व्यवस्था तथा ट्राभल एजेन्सीलाई सेवा शुल्क सुनिश्चित गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने उहाँहरुको माग छ । उहाँहरुले दीर्घकालीन र सहज राहदानी नीति लागू गर्नुपर्ने, कैलाश मानसरोवर यात्राका लागि आवश्यक उच्चस्तरीय कूटनीतिक समन्वय गर्नुपर्ने, पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) डिजिटलाइजेसन अनिवार्य गर्नुपर्ने, विदेशी पर्यटकका लागि ट्रेकिङ तथा पर्वतारोहणमा सहभागी विदेशी पर्यटकका लागि अनिवार्य ट्राभल इन्सुरेन्स नीति बनाउनुपर्ने माग गर्नुभएको छ ।

यसैगरी, राष्ट्रिय पदमार्गका रुपमा कानुनी मान्यता दिएर पूर्वाधार, सूचना, सुरक्षा, सङ्केतबोर्ड आदिको व्यवस्थित विकास गर्न सकिने, ग्रेट हिमालय ट्रेललाई दश खण्डमा बाँडेर आवश्यक पूर्वाधार विकास, प्रवद्र्धन र मार्केटिङ गर्ने तथा यसका माध्यमबाट नेपाललाई विश्वको प्रमुख साहसिक पदयात्रा गन्तव्यका रुपमा स्थापित गर्न सुझाव दिइएको छ ।

पर्यटन व्यवसायीले मुस्ताङको कोरला नाकालगायत अन्य विशेष नाकामा अध्यागमनको आवश्यक सुधारसहित चीन र छिमेकी मुलुकसँगको सीमा व्यापार तथा धार्मिक पर्यटन प्रवेशद्वारका रुपमा विकास गर्न पहल गर्नुपर्ने माग गरेका छन् । गुम्बा, ध्यान केन्द्र, योग आश्रम, पदमार्ग र सांस्कृतिक तीर्थस्थललाई एकीकृत गरी आध्यात्मिक पर्यटनको विकास गर्नुपर्ने यसका लागि आध्यात्मिक, वेलनेस र पदयात्रा पर्यटनलाई एकीकृत विकास गर्न सकिने बताइएको छ ।

व्यवसायीहरुले पर्यटन पूर्वाधार सञ्चालनमा उच्च विद्युत् महसुल लाग्ने हुँदा होटल, रिसोर्ट तथा ट्रेकिङ होलिडे क्याम्पलाई औद्योगिक दरमा विद्युत् उपलब्ध गराउँदा पर्यटन प्रवद्र्धन र विकासमा टेवा पुग्ने बताएका छन् ।

भेटमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे, नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष निमानुरु शेर्पा, होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाह, नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया, नाट्टाका महासचिव युविका भण्डारीलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यातायात र ऊर्जा क्षेत्रमा उच्च प्राथमिकतासहित बङ्गलादेशको विकास कार्यक्रम स्वीकृत हुम्ला विपद् : तत्काल राहतका लागि पहल गरिने प्रधानमन्त्रीद्वारा नेपाली महिला खेलाडीलाई बधाई तोकिएकै समयमा आयोजना सम्पन्न गर्नेतर्फ मन्त्रालय सजग छः मन्त्री दाहाल कमला ह्यारिसका सेलिब्रेटीको समर्थनबारे जाँच गर्न ट्रम्पको आह्वान कांग्रेसलाई भाग्ने ठाउँ नभएको र अब गभर्नर देखि प्रधानमन्त्री हाम्रो, जताततै हामी : महामन्त्री थापा इन्डोनेसियाको पूर्वी क्षेत्रमा रहेको सुन खानीमा पहिरो जाँदा छ जनाको मृत्यु, १४ बेपत्ता चीनसँग डेनमार्कको ‘खुला’ छलफल रेशमलाई पक्राउ गर्न पत्र लेख्ने शाखा अधिकृत विष्टलाई धरौटीमा छाड्न अदालतको आदेश केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत सरकारी सञ्चारमाध्यमहरुले नेताको प्रचार नगर्नु, विकासको चर्चा गर्नु : सञ्चारमन्त्री गुरुङ सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै विश्व स्वास्थ्य संगठनद्वारा नेपाल पुरस्कृत रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा प्रधानन्यायाधीशद्वारा दुई आयोगका अध्यक्षलाई शपथ परराष्ट्रमन्त्रीसँग युरोपियन युनियन आबद्ध राजदूतहरूको शिष्टाचार भेट पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना अपाङ्गमैत्री रङ्गशाला निर्माण गरिनेछ : खेलकुदमन्त्री मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्री र कांग्रेस सभापति देउवाविच भेट हुँदै सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री