2026-08-26 01:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटन क्षेत्रलाई दिगो र आम्दानीमूलक बनाउने खाकासहित सुझाव पेस

काठमाडौँ | पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रलाई दिगो र आम्दानीमूलक क्षेत्र बनाउन सकिने आधारसहितको सरकारलाई सुझाव पेस गरेका छन् ।

पर्यटन क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर नेपालको पर्यटन क्षेत्रलाई दीगो, समावेशी तथा उच्च आम्दानीमूलक बनाउन सकिने आधारसहित सुझाव तथा मागपत्र पेस गरेका हुन् । पर्यटन व्यवसायीले हवाई टिकटमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रुपमा हटाउनुपर्ने, पाँचतारे र उच्च श्रेणीका होटलमा लागू दुई प्रतिशत विलाशिता कर हटाउनुपर्ने, हवाई टिकटमा आउटस्ट्यान्डिङ ट्याक्स प्रणाली कार्यान्वयन गर्नुपर्नेलगायत माग गरेका छन् ।

यस्तै, साना तथा मझौला पर्यटन व्यवसायीलाई सहुलियत कर्जा र कर छुटको व्यवस्था तथा ट्राभल एजेन्सीलाई सेवा शुल्क सुनिश्चित गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने उहाँहरुको माग छ । उहाँहरुले दीर्घकालीन र सहज राहदानी नीति लागू गर्नुपर्ने, कैलाश मानसरोवर यात्राका लागि आवश्यक उच्चस्तरीय कूटनीतिक समन्वय गर्नुपर्ने, पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) डिजिटलाइजेसन अनिवार्य गर्नुपर्ने, विदेशी पर्यटकका लागि ट्रेकिङ तथा पर्वतारोहणमा सहभागी विदेशी पर्यटकका लागि अनिवार्य ट्राभल इन्सुरेन्स नीति बनाउनुपर्ने माग गर्नुभएको छ ।

यसैगरी, राष्ट्रिय पदमार्गका रुपमा कानुनी मान्यता दिएर पूर्वाधार, सूचना, सुरक्षा, सङ्केतबोर्ड आदिको व्यवस्थित विकास गर्न सकिने, ग्रेट हिमालय ट्रेललाई दश खण्डमा बाँडेर आवश्यक पूर्वाधार विकास, प्रवद्र्धन र मार्केटिङ गर्ने तथा यसका माध्यमबाट नेपाललाई विश्वको प्रमुख साहसिक पदयात्रा गन्तव्यका रुपमा स्थापित गर्न सुझाव दिइएको छ ।

पर्यटन व्यवसायीले मुस्ताङको कोरला नाकालगायत अन्य विशेष नाकामा अध्यागमनको आवश्यक सुधारसहित चीन र छिमेकी मुलुकसँगको सीमा व्यापार तथा धार्मिक पर्यटन प्रवेशद्वारका रुपमा विकास गर्न पहल गर्नुपर्ने माग गरेका छन् । गुम्बा, ध्यान केन्द्र, योग आश्रम, पदमार्ग र सांस्कृतिक तीर्थस्थललाई एकीकृत गरी आध्यात्मिक पर्यटनको विकास गर्नुपर्ने यसका लागि आध्यात्मिक, वेलनेस र पदयात्रा पर्यटनलाई एकीकृत विकास गर्न सकिने बताइएको छ ।

व्यवसायीहरुले पर्यटन पूर्वाधार सञ्चालनमा उच्च विद्युत् महसुल लाग्ने हुँदा होटल, रिसोर्ट तथा ट्रेकिङ होलिडे क्याम्पलाई औद्योगिक दरमा विद्युत् उपलब्ध गराउँदा पर्यटन प्रवद्र्धन र विकासमा टेवा पुग्ने बताएका छन् ।

भेटमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे, नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष निमानुरु शेर्पा, होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाह, नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया, नाट्टाका महासचिव युविका भण्डारीलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग