२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वनमन्त्री भएपछि इ.आई.ए नगरेर के प्लेन उडाउने अनुमति दिने त : प्रेम आले

२०८२, ८ जेष्ठ बुधबार १६:०४

काठमाडौँ । सार्वजनिक लेखा समितिका सदस्यहरूबिच पोखरा विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचारबारे एकअर्कामा आरोप प्रत्यारोपमा उत्रेका छन् । बुधबार सार्वजनिक लेखा समितिको बैठकमा पोखरा विमानस्थल अध्ययन उपसमितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै समितिले गरेको छानबिनमा एउटा ठेकेदारले हप्कीदप्की र चेतावनी दिएकोमा भर्त्सना गर्दै लेखा समितिले विज्ञप्ति नै निकाल्नुपर्ने बताए ।

पुर्वमन्त्री समेत रहेका आलेले आफू वनमन्त्री भएका बेला पूर्वमन्त्री योगेश भट्टराईले विमानस्थलबारे इआइए गरेको भन्ने भनाइप्रति आपत्ति जनाए । उनले भने, ‘एयरपोर्ट कम्प्लिट हुने अवस्थामा थियो । त्यो बेलाका संस्कृति तथा पर्यटनमन्त्री भानुभक्त ढकालले पटक पटक मेरो मन्त्रलालमा आएर ल प्रेम भाइ छिटो गर्दिनुपर्‍यो इआईए भन्नुभयो ।’ उनले आफ्नो पार्टीले आफूलाई त्यसवेला ६ महिना तोकेर मन्त्री दिएको भन्दै रातदिन गरेर एयरपोर्टमात्र नभएर अन्यको इआइए गर्दिएको बताए । ‘अव म वनमन्त्री भएपछि इआईए नगरेर के प्लेन उडाउने अनुमति दिउँला त ? त्यो त दिनैपर्यो नि !’ आलेको भनाइ छ । उनले त्यसवापत आफू कठघरामा उभिन तयार रहेको बताए । यसअघि पूर्वमन्त्री भट्टराईले आलेले ईआइए दिएको बताएका थिए ।

त्यस्तै उनले रिठ्ठेपानी डाँडा कटानको विषयमा डीजीले छिटोभन्दा छिटो विमानस्थल चलाउनुपर्ने भन्दै ठेक्का प्रक्रिया अघि बढाउन भनेकाले आफूले प्रक्रिया अघि बढाएको बताए । उनले २ अर्ब २२ करोड ट्याक्स छुट दिएको बताउँदै भट्टराई भएकै बेला त्यो निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो