२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वनमन्त्री भएपछि इ.आई.ए नगरेर के प्लेन उडाउने अनुमति दिने त : प्रेम आले

८ जेष्ठ २०८२, बुधबार १६:०४

काठमाडौँ । सार्वजनिक लेखा समितिका सदस्यहरूबिच पोखरा विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचारबारे एकअर्कामा आरोप प्रत्यारोपमा उत्रेका छन् । बुधबार सार्वजनिक लेखा समितिको बैठकमा पोखरा विमानस्थल अध्ययन उपसमितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै समितिले गरेको छानबिनमा एउटा ठेकेदारले हप्कीदप्की र चेतावनी दिएकोमा भर्त्सना गर्दै लेखा समितिले विज्ञप्ति नै निकाल्नुपर्ने बताए ।

पुर्वमन्त्री समेत रहेका आलेले आफू वनमन्त्री भएका बेला पूर्वमन्त्री योगेश भट्टराईले विमानस्थलबारे इआइए गरेको भन्ने भनाइप्रति आपत्ति जनाए । उनले भने, ‘एयरपोर्ट कम्प्लिट हुने अवस्थामा थियो । त्यो बेलाका संस्कृति तथा पर्यटनमन्त्री भानुभक्त ढकालले पटक पटक मेरो मन्त्रलालमा आएर ल प्रेम भाइ छिटो गर्दिनुपर्‍यो इआईए भन्नुभयो ।’ उनले आफ्नो पार्टीले आफूलाई त्यसवेला ६ महिना तोकेर मन्त्री दिएको भन्दै रातदिन गरेर एयरपोर्टमात्र नभएर अन्यको इआइए गर्दिएको बताए । ‘अव म वनमन्त्री भएपछि इआईए नगरेर के प्लेन उडाउने अनुमति दिउँला त ? त्यो त दिनैपर्यो नि !’ आलेको भनाइ छ । उनले त्यसवापत आफू कठघरामा उभिन तयार रहेको बताए । यसअघि पूर्वमन्त्री भट्टराईले आलेले ईआइए दिएको बताएका थिए ।

त्यस्तै उनले रिठ्ठेपानी डाँडा कटानको विषयमा डीजीले छिटोभन्दा छिटो विमानस्थल चलाउनुपर्ने भन्दै ठेक्का प्रक्रिया अघि बढाउन भनेकाले आफूले प्रक्रिया अघि बढाएको बताए । उनले २ अर्ब २२ करोड ट्याक्स छुट दिएको बताउँदै भट्टराई भएकै बेला त्यो निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव