२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजावादीलाई सभासम्मेलन गर्न र बोल्न छुट दिएका छौँ,यसलाई सरकारको कायरता वा कमजोरी नठान्नु:प्रवक्ता गुरुङ

९ जेष्ठ २०८२, बिहीबार १४:३२

काठमाडौँ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजतन्त्रको पक्षमा आन्दोलन गरिरहेकाहरुलाई उदारतापूर्वक सभासम्मेलन गर्न दिइएको भन्दै त्यसलाई कमजोरीका रुपमा नलिन चेतावनी दिएका छन्।

‘हामीले उदारतापूर्वक संविधानको, स्थापित लोकतान्त्रिक मूल्यमान्यताको विरोध गर्ने र यो शासन उल्ट्याउन खोज्नेलाई पनि सभा संगठन गर्ने, बोल्ने छुट दिएकै छौँ,’ गुरुङले भने, ‘त्यो हाम्रो कायरता होइन। हाम्रो कमजोरी होइन। हामी डराएर गरेको होइन। त्यसरी दिँदा उनीहरुले हाम्रो कमजोरी नठाने हुन्छ। यो त हामीले उदारतापूर्वक अभ्यास गरुन न भनेर छुट दिएको कुरा हो।’

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने कार्यक्रमाम उनले सधै यस्तो छुट दिन नसकिने समेत बताए। गुरुङले भने, ‘तर, सधै यस्तो संविधान विरोधी, जनता विरोधी, व्यवस्था विरोधी क्रियाकलाप गरिराखे भने त्यो चिजलाई सधै सहेर बस्न सकिँदैन्।’

आवश्यक परे राजावादीहरुको कार्यक्रममा प्रतिबन्ध लगाउने संवैधानिक हक पनि सरकारसँग भएको उनको भनाइ छ। ‘सरकार सधै टुलुटुलु हेरेर बस्दैन, त्यसको यथोचित प्रतिवाद हुन्छ सरकारको तर्फबाट,’ मन्त्री गुरुङले भने, ‘उनीहरुले आन्दोलन गर्ने भनेको छ, हामीले आजको दिनसम्म प्रतिबन्ध लगाएका छैनौँ। प्रतिबन्ध पनि लगाउन सक्ने संवैधानिक, कानुनी अधिकार सरकारसँग छ।’

राजतन्त्र पुर्नस्थापनाका लागि राजावादीहरुले जेठ १५ गतेदेखि आन्दोलनको घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव