२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सगरमाथा आरोहओ गरेका सशस्त्र प्रहरी बलका सहायक निरीक्षक छत्यालको,नायब निरीक्षक पदमा बढुवा

९ जेष्ठ २०८२, बिहीबार १५:११

काठमाडौँ । सगरमाथा आरोहओ गरेका सशस्त्र प्रहरी बलका सहायक निरीक्षक दन्तबहादुर छत्यालको बढुवा भएको छ। साहसिक काम गरेको भन्दै सशस्त्र प्रहरी बलले छत्याललाई प्रहरी सहायक निरीक्षक (असई) बाट सशस्त्र प्रहरी नायब निरीक्षक (सई) पदमा बढुवा गरेको हो।

आइजिपी राजु अर्यालले बिहीबार उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

आइजिपी अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूले सगरमाथा आरोहण गर्नसक्छु भन्ने भावना लिई साहसिक कार्यगर्दा सबैमा हौसला मिल्ने बताए। यसले व्यक्तिको मात्रै नभई देश र संगठनको नाम समेत उच्च रहने बताए। उनले आगामी वर्षदेखि सशस्त्र प्रहरी बल नेपालका सबै प्रदेश कार्यालयहरूमा हिमाल आरोहण गर्ने अभियान नै सुरू गर्ने बताए।

जेठ ४ गते बिहान ९ः२० बजे छत्यालले सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए। छत्याल सगरमाथा आरोहण लागि वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध