२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहकारी ऋण तिर्न अटेर गरेपछि एमाले नेता अर्याल पक्राउ

९ जेष्ठ २०८२, बिहीबार १५:२१

काठमाडौँ । सहकारी ऋण नतिरेपछि एमाले नेता कृष्ण कुमार अर्याल पक्राउ । दिगो पर्यटन सहकारी संस्थाबाट लिएको ऋण समयमै नतिरेपछि नेकपा एमालेका नेता कृष्ण कुमार अर्याललाई प्रहरीले पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यका अनुसार ललितपुर महानगरपालिका–३, सानेपामा बसोबास गर्ने अर्याललाई अदालतको फैसलाअनुसार पक्राउ गरिएको हो।

सहकारी ऋण तिर्न अटेर गरेपछि सहकारीले उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको थियो। त्यसकै आधारमा काठमाडौं जिल्ला अदालतले २०८० असार २७ गते अर्याललाई १ वर्ष कैद र ११ लाख ५० हजार रुपैयाँ बिगो तथा जरिवाना गर्ने फैसला सुनाएको थियो।

अदालतको आदेशपछि पनि अर्यालले रकम भुक्तानी नगरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी नेकपा एमाले पेसागत विशेष प्रदेश कमिटीका सदस्य तथा नेपाल पर्यटन बोर्डका पूर्वसदस्य हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव