२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टीआरसी कार्यालयको भाडाबाट प्रधानमन्त्री झस्किए, मासिक साढे ९ लाखभन्दा धेरै

६ असार २०८२, शुक्रबार १७:४४

काठमाडौँ | प्रमुख तीन राजनीतिक दलको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यालयको भाडाबारे बहस भएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालय अहिले हाँडीगाउँमा छ । आयोगले निजी घरलाई कार्यालय प्रयोजनका लागि भाडा लिएको छ । उक्त कार्यालयका लागि आयोगले मासिक साढे ९ लाखभन्दा धेरै भाडा तिरिरहेको छ ।

 

शुक्रबार तीन दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका संक्रमणकालीन न्याय तथा मानवअधिकार सल्लाहकार अग्नी खरेलले सत्य निरूपण तथा मेलमिलाप आयोगले अनावश्यक रुपमा मासिक साढे ९ लाख भाडा बुझाइरहेको र उक्त ठाउँ पीडितहरू पुग्नका लागि पनि उपयुक्त नभएकाले सार्नुपर्ने बताएका थिए । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली ‘त्यति धेरै भाडा’ भन्दै झस्किएका थिए ।

‘त्यसपछि कार्यालय सार्ने विषयमा शीर्ष नेताहरू सहमत हुनुभएको छ,’ खरेलले भने, ‘अब द्वन्दपीडितलाई पनि सजिलो हुनेगरी कार्यालय सार्छौं ।’ यस्तै बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगहरूमा कर्मचारी व्यवस्था गर्नुपर्ने बारेमा पनि खरेलले नेताहरूलाई जानकारी गराएका छन् ।

 

बैठकमा सहभागी प्रमुख दलका सबै नेता द्वन्द प्रभावितको उपचार र आयोगहरुमाथि द्वन्द प्रभावितको विश्वास बढाउने गरि काम अघि बढाउन सहमत भएको खरेलले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्रीसहित एमालेबाट खरेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखक तथा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, उपमहासचिव वर्षमान पुन र नेता खिमलाल देवकोटा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ