२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टीआरसी कार्यालयको भाडाबाट प्रधानमन्त्री झस्किए, मासिक साढे ९ लाखभन्दा धेरै

२०८२, ६ असार शुक्रबार १७:४४

काठमाडौँ | प्रमुख तीन राजनीतिक दलको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यालयको भाडाबारे बहस भएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालय अहिले हाँडीगाउँमा छ । आयोगले निजी घरलाई कार्यालय प्रयोजनका लागि भाडा लिएको छ । उक्त कार्यालयका लागि आयोगले मासिक साढे ९ लाखभन्दा धेरै भाडा तिरिरहेको छ ।

 

शुक्रबार तीन दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका संक्रमणकालीन न्याय तथा मानवअधिकार सल्लाहकार अग्नी खरेलले सत्य निरूपण तथा मेलमिलाप आयोगले अनावश्यक रुपमा मासिक साढे ९ लाख भाडा बुझाइरहेको र उक्त ठाउँ पीडितहरू पुग्नका लागि पनि उपयुक्त नभएकाले सार्नुपर्ने बताएका थिए । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली ‘त्यति धेरै भाडा’ भन्दै झस्किएका थिए ।

‘त्यसपछि कार्यालय सार्ने विषयमा शीर्ष नेताहरू सहमत हुनुभएको छ,’ खरेलले भने, ‘अब द्वन्दपीडितलाई पनि सजिलो हुनेगरी कार्यालय सार्छौं ।’ यस्तै बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगहरूमा कर्मचारी व्यवस्था गर्नुपर्ने बारेमा पनि खरेलले नेताहरूलाई जानकारी गराएका छन् ।

 

बैठकमा सहभागी प्रमुख दलका सबै नेता द्वन्द प्रभावितको उपचार र आयोगहरुमाथि द्वन्द प्रभावितको विश्वास बढाउने गरि काम अघि बढाउन सहमत भएको खरेलले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्रीसहित एमालेबाट खरेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखक तथा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, उपमहासचिव वर्षमान पुन र नेता खिमलाल देवकोटा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त