२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाका सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिए

७ असार २०८२, शनिबार १४:५७

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको मागसहित वेल घेराउ गर्दै आएका उनीहरू आज बैठक चल्दाचल्दै बाहिरिएका हुन् ।

रास्वपाका सांसदहरूले वेल घेराउ गरिरहे पनि सभामुखले बजेटमाथिको छलफल अघि बढाएपछि उनीहरु करिब साढे २ घण्टा उभिएका थिए, तर अहिले कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत बोल्न थालेपछि उनीहरु सदनबाट बाहिरिएका छन् ।

रास्वपाका सांसदहरु बाहिरिएको देखेपछि प्रवक्ता महतले लगातार उभिन गाह्रै हुन्छ भन्दै कटाक्ष गरे । यसअघि विरोध जनाउँदै वेलमा बस्ने गरेको भए पनि आलोचना भएपछि उनीहरु आज उभिएका थिए ।

सभामुख देवराज घिमिरेले पेलेर सदन अघि बढाएपछि राप्रपाका सांसदहरू यसअघि नै बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ