२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘निर्वाचन प्रणाली बदल्नुपर्छ’

२०८२, ८ असार आईतवार १४:५८

काठमाडौँ | सांसदहरूले निर्वाचन प्रणाली बदलेर नयाँस्वरूपमा जानुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज तोकिएका विषयका बारेमा विचार राख्नुहुँदै सांसद महेन्द्र शाहीले निर्वाचन प्रणालीकै कारण सुशासनमा समस्या भएकोलगायत विकृतिका बारेमा चर्चा हुने गरेकाले यसलाई बदल्नुपर्ने बताउनुभयो । वार्षिक पुँजी वृद्धि कसरी गर्न सकिन्छ भन्नेतिर ध्यान नगएको, जम्मा भएको राजस्व बाँड्नेमात्र अर्थमन्त्रीको काम हो कि जस्तो भान पार्न नहुने पनि उहाँले सुनाउनुभयो ।

सांसद प्रकाश ज्वालाले सहरी विकास मन्त्रालयलाई विचौलियाको कमाइ खाने भाँडो बनाइएको बताउनुभयो । गणेशमान सिंहका नाममा रु ५७ करोड बजेट छुट्याएर अपमान गर्न खोजिएको उहाँको विचार छ । पुष्पलालका नाममा रु ७० लाख बजेट दिइएको पनि सांसद ज्वालाले बताउनुहुँदै यस्ता विनियोजनले जनताको करको दुरुपयोग भएको भनाइ राख्नुभयो ।

कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने भनी संरचना बनाइए पनि हुन नसकेको उहाँले सुनाउनुभयो । प्रविधिमैत्री कानुन नबनाए विकास निर्माणका काम अघि बढ्न नसक्ने सांसद ज्वालाको भनाइ थियो ।

सांसदद्वय रञ्जुकुमारी झा र अब्दुल खानले उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष जिम्मेवारी दिनुपर्ने, विभिन्न निकायमा नियुक्त गरिने सल्लाहकारको सङ्ख्या घटाइनुपर्ने, युवा नीतिमार्फत युवालाई उद्यममा जोड्नुपर्ने, पठाओ, इनड्राइभ, यङ्गुलगायतले युवालाई रोजगारी दिएकाले यसलाई कानुनी रुपमा व्यवस्थित गरिनुपर्ने, युवा विकास निर्माण आर्मी गठन गर्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त