२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘निर्वाचन प्रणाली बदल्नुपर्छ’

८ असार २०८२, आईतवार १४:५८

काठमाडौँ | सांसदहरूले निर्वाचन प्रणाली बदलेर नयाँस्वरूपमा जानुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज तोकिएका विषयका बारेमा विचार राख्नुहुँदै सांसद महेन्द्र शाहीले निर्वाचन प्रणालीकै कारण सुशासनमा समस्या भएकोलगायत विकृतिका बारेमा चर्चा हुने गरेकाले यसलाई बदल्नुपर्ने बताउनुभयो । वार्षिक पुँजी वृद्धि कसरी गर्न सकिन्छ भन्नेतिर ध्यान नगएको, जम्मा भएको राजस्व बाँड्नेमात्र अर्थमन्त्रीको काम हो कि जस्तो भान पार्न नहुने पनि उहाँले सुनाउनुभयो ।

सांसद प्रकाश ज्वालाले सहरी विकास मन्त्रालयलाई विचौलियाको कमाइ खाने भाँडो बनाइएको बताउनुभयो । गणेशमान सिंहका नाममा रु ५७ करोड बजेट छुट्याएर अपमान गर्न खोजिएको उहाँको विचार छ । पुष्पलालका नाममा रु ७० लाख बजेट दिइएको पनि सांसद ज्वालाले बताउनुहुँदै यस्ता विनियोजनले जनताको करको दुरुपयोग भएको भनाइ राख्नुभयो ।

कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने भनी संरचना बनाइए पनि हुन नसकेको उहाँले सुनाउनुभयो । प्रविधिमैत्री कानुन नबनाए विकास निर्माणका काम अघि बढ्न नसक्ने सांसद ज्वालाको भनाइ थियो ।

सांसदद्वय रञ्जुकुमारी झा र अब्दुल खानले उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष जिम्मेवारी दिनुपर्ने, विभिन्न निकायमा नियुक्त गरिने सल्लाहकारको सङ्ख्या घटाइनुपर्ने, युवा नीतिमार्फत युवालाई उद्यममा जोड्नुपर्ने, पठाओ, इनड्राइभ, यङ्गुलगायतले युवालाई रोजगारी दिएकाले यसलाई कानुनी रुपमा व्यवस्थित गरिनुपर्ने, युवा विकास निर्माण आर्मी गठन गर्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ