२०८२, २७ माघ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन : कृषिमन्त्री अधिकारी

२०८२, ९ असार सोमबार १६:४१

काठमाडौँ | कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानका लागि आवश्यक रासायनिक मल मौज्दातमा रहेकाले कुनै चिन्ता नलिन आग्रह गर्नुभएको छ ।

विनियोजन विधेयक २०८२ अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित विनियोजित शीर्षकहरूमाथि सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले गत वर्षको र यो वर्ष आयात हुने मलबाट माग पूरा हुने बताउनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा रासायनिक मल आयातका लागि बजेट विनियोजन भएपश्चात् हालसम्म तीन लाख ४५ हजार मेट्रिक टन मल आयात गरिएको, तीन लाख ९१ हजार मेट्रिक टन बिक्री वितरण भएको छ ।

गत वर्ष समेतको गरी जम्मा ६४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको उहाँले जानकारी दिनुभयो । “यसैगरी थप एक लाख ४२ हजार मेट्रिक टन मल आयात हुने क्रममा रहेको र यही असार मसान्तसम्ममा आयात भइसक्ने अवस्था रहेको छ,” उहाँले भन्नुभयो, “धान रोपाइँका लागि ६० हजार मेट्रिक टन युरिया र ७० हजार मेट्रिक टन डिएपी आवश्यक पर्नेमा मौज्दातमा रहेको मल र आयात हुने मलबाट माग पूरा हुने देखिन्छ ।”

मन्त्री अधिकारीका अनुसार आगामी आवका लागि मल आयात गर्न रु २८ अर्ब ८२ करोड बजेट विनियोजन भएको छ । त्यसबाट छ लाख मेट्रिक टन मल आयात हुनेछ । त्यसका लागि कार्ययोजना तयार गरिएको उहाँले जानकारी दिनुभयो । यसका लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता प्राप्त भई आगामी आवका लागि तीन लाख मेट्रिक टन मल आयातका लागि बोलपत्र आह्वान भइसकेको उहाँले जानकारी गराउनुभयो ।

दूधको मूल्य भुक्तानी सम्बन्धमा मन्त्री अधिकारीले गत वर्ष जेठ मसान्तसम्ममा दुग्ध किसानलाई भुक्तानी बाँकी रहेको करिब रु पाँच अर्ब ६८ करोडमध्येबाट रकम भुक्तानीपश्चात् हाल दुग्ध विकास संस्थानले करिब रु ९० करोड र निजी दुग्ध उद्योगले करिब रु तीन अर्ब रकम किसानलाई भुक्तानी दिन बाँकी रहेको बताउनुभयो ।

चालु आवको असोज महिनामा उखुखेती गर्ने किसानलाई गत असार महिनामा करिब रु एक अर्ब ४१ करोड रकम अनुदान प्रवाह गरिएको उहाँले बताउनुभयो । चालु आवमा उखुको खरिद मूल्य रु ५८५ प्रतिक्विन्टल तोकिएको र नेपाल सरकारबाट अनुदानसम्बन्धी आवश्यक निर्णय भएपश्चात् अनुदान वितरण गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो । आगामी आवमा उखुखेती गर्ने किसानहरूलाई प्रदान गरिने अनुदानका लागि रु दुई अर्ब विनियोजन गरिएको छ ।

कृषि उद्यमी एवं युवाहरूमा उद्यमशीलता विकासमा सहयोग गर्न आगामी आवमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममार्फत कृषि तथा पशुपन्छी उद्यमशीलता कार्यक्रम सञ्चालनमा ल्याइएको बताउँदै जसबाट ६४६ वटा साना तथा मझौला कृषि उद्यमीहरूलाई सहयोग गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

मन्त्री अधिकारीले किसान सूचीकरण सम्पन्न भएका स्थानीय तहहरूमा अनुदान वितरण व्यवस्थित हुन गइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “किसान पहिचान, सूचीकरण र परिचयपत्रको वितरणपश्चात् नीतिगत व्यवस्थामार्फत किसान पेन्सनर भूमि बैङ्कसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न सकिनेछ ।” किसान सूचीकरण प्रणालीमा हालसम्म करिब २३ लाख २० हजार किसान परिवार सूचीकृत भइसकेको उहाँको भनाइ छ ।

मन्त्री अधिकारीले किसानहरूलाई सहुलियतपूर्ण कृषि कर्जाको उपलब्ध गराउन एवं कर्जा प्रवाहको प्रक्रिया सरलीकरणका लागि कृषि कर्जा प्रवाह गर्ने वित्तीय संस्थाहरूलाई आवश्यक निर्देशन दिन र नीतिगत सुधारका लागि नेपाल राष्ट्र बैङ्क र अर्थ मन्त्रालयसँग आवश्यक समन्वय र सहकार्य गरिएको छ ।

अनुदान लिने र दिने दुवै पक्षलाई जवाफदेही बनाउने गरी मन्त्रालयबाट कृषि विधेयकमा आवश्यक कानुनी व्यवस्था गरिएको र कृषि अनुदानको दोहोरोपना रोक्न प्रदेश सरकार र स्थानीय तहहरूसँग आवश्यक समन्वय र सहकार्य गरिएको मन्त्री अधिकारीले जवाफ दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे