२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभा बैठक सञ्चालन: रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध

१० असार २०८२, मंगलवार १२:२६
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।  सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध जनाउनुभयो । त्यसलगत्तै सभामुख घिमिरेले गृहमन्त्री रमेश लेखकलाई बोल्न समय दिनुभयो । त्यसपछि दुवै पार्टीका सांसदहरु आ–आफ्नो स्थानमा आसनग्रहण गरी सभा सञ्चालनको वातावरण बनाउनुभयो ।
गृहमन्त्री लेखकले समय माग गर्दै संसद्मा सांसदहरुले उठाउनुभएको विभिन्न विषयबारे जवाफ दिनुभएको छ । आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेको प्रश्नको प्रधानमन्त्रीलगायत विभिन्न विषयगत मन्त्रालयका मन्त्रीले जवाफ दिने कार्यसूची छ ।
विनियोजन विधेयक, २०८२ अन्तर्गत आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको कार्यालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुहुनेछ ।
सरकारका तर्फबाट प्रधानमन्त्री र मन्त्रीको जवाफपछि विनियोजन विधेयक २०८२ का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । साथै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नुहुनेछ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ