२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभा बैठक सञ्चालन: रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध

२०८२, १० असार मंगलवार १२:२६
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।  सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध जनाउनुभयो । त्यसलगत्तै सभामुख घिमिरेले गृहमन्त्री रमेश लेखकलाई बोल्न समय दिनुभयो । त्यसपछि दुवै पार्टीका सांसदहरु आ–आफ्नो स्थानमा आसनग्रहण गरी सभा सञ्चालनको वातावरण बनाउनुभयो ।
गृहमन्त्री लेखकले समय माग गर्दै संसद्मा सांसदहरुले उठाउनुभएको विभिन्न विषयबारे जवाफ दिनुभएको छ । आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेको प्रश्नको प्रधानमन्त्रीलगायत विभिन्न विषयगत मन्त्रालयका मन्त्रीले जवाफ दिने कार्यसूची छ ।
विनियोजन विधेयक, २०८२ अन्तर्गत आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको कार्यालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुहुनेछ ।
सरकारका तर्फबाट प्रधानमन्त्री र मन्त्रीको जवाफपछि विनियोजन विधेयक २०८२ का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । साथै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नुहुनेछ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध