१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्को सरकार बन्ने विकल्प नरहेको : कृष्णप्रसाद सिटौला

१२ श्रावण २०८२, आईतवार १३:२८

काठमाडौँ | नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले अर्को सरकार बन्ने विकल्प नरहेको बताएका छन् । आइतबार काठमाडौँमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

हाल कुनै एक दलको बहुमत नरहेको र अर्को सरकार बन्ने परिस्थिति पनि नभएको उनले उल्लेख गरे । उनले वर्तमान सरकार एउटा जटिल परिस्थितिमा निर्माण भएको र कांग्रेस र नेकपा (एमाले)बीचको सम्झौताअनुसार नै पूरा कार्यकाल चल्ने बताए । “कसैको बहुमत छैन । प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला,” उनले भने, “एउटा परिस्थितिमा निर्माण भएको सरकार हो ।”

सरकारले एक वर्षमा अपेक्षाअनुसार भने काम गर्न नसकेको उनले टिप्पणी गरे । “वर्ष दिनको समीक्षा गर्दा राजनीतिक दलहरूले अपेक्षा गरेअनुसार काम हुन सकेको छैन । तर, यो सरकार कन्टिन्यु जान्छ,” उनले भने, “किनभने, यसको विकल्प अर्को सरकार बन्ने स्थिति देखिँदैन ।”नेता सिटौलाले संविधान कार्यान्वयनको समीक्षा गरिने र संशोधनका विषयमा सरकारले कार्यदल बनाएर अघि बढ्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का