१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीले राजनीतिमा को कहिले जेल जानुपर्छ भन्न सकिने अवस्था नहुने बताए

१२ श्रावण २०८२, आईतवार १४:१४

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कहिले जेल जानुपर्छ भन्न सकिने अवस्था नहुने बताएका छन्। पूर्वाग्रह र प्रतिशोधका कारण पनि जेल हालिने प्रवृत्ति रहेको भन्दै उनले यस्ता घटनाबाट राजनीतिमा गलत सन्देश जाने बताए। प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारमा आयोजित बीपी कोईराला राष्ट्रिय पुरस्कार-२०८१ वितरण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

‘राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिन्न,’ प्रधानमन्त्री ओलीले भने,‘कहिलेकाहीँ पूर्वाग्रह, प्रतिशोध वा मनोगत कारणले पनि जेल हालिन्छ।’ उनले दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाहले शासन कब्जा गरे पनि नेताहरूमाथि प्रत्यक्ष प्रतिबन्ध नभए पनि जेल हाल्ने काम भएको स्मरण गरे। ‘त्यतिबेला दलहरूमाथि प्रतिबन्ध थिएन तर नेताहरूलाई जेल हालियो,’ उनले भने।

प्रधानमन्त्री ओलीले राजनीतिक रूपमा प्रतिशोधको भावना राखेर मुद्दा लगाउने र फसाउने कार्यहरू भइरहेकामा चिन्ता व्यक्त गरे। ‘सरकारी निकाय छाडेर, व्यक्तिगत रिसइवीका आधारमा पनि मुद्दा हाल्ने, फसाउने प्रवृत्ति देखिएको छ,’ उनले भने।

कार्यक्रममा प्रधानमन्त्री ओलीले बीपी कोरालाको व्यक्तित्व बहुआयामिक रहेको बताए। साहित्य, राजनीति, दर्शन र राष्ट्रियताको विषयमा बीपीको योगदान प्रेरणादायी रहेको भन्दै उनले विचार र मूल्यमा आधारित राजनीतिका पक्षधरहरूलाई बीपीको जीवनबाट सिक्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का