२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एमाले विरुद्धमा यी ४ प्रकारका शक्तिहरू कूप्रचारमा लागेका छन्-प्रधानमन्त्री ओलीको विश्लेषण

१४ श्रावण २०८२, मंगलवार १३:०७

काठमाडौँ | ‘हाम्रा विरुद्ध गोयवल्स शैलीमा सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई दुरुपयोग गरिरहेका छन्, दृढतापूर्वक प्रतिवाद गर्नुपर्छ’
काठमाडौं । प्रधानमन्त्री समेत रहेको एमाले अध्यक्ष केपी ओलीले पछिल्लो समयमा पार्टी र आफू विरुद्धमा सुनियोजित रूपमा हमला भइरहेको बताएका छन्।

पार्टीको हालै बसेको केन्द्रीय कमिटीको निर्णयसहित अन्तरपार्टी निर्देशन १२ जारी गर्दै पार्टीविरुद्ध किन हमला भइरहेको छ भन्ने बुझेर सशक्त प्रतिवाद गर्न निर्देशन दिएका छन्।

भनिएको छ, ‘हाम्रा विरुद्धमा चार प्रकारका शक्तिहरू केन्द्रित भएर कूप्रचारमा लागेका छन् । उनीहरू गोयवल्स शैलीमा आम सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई हाम्रा विरुद्धमा दुरुपयोग गरिरहेका छन् । पार्टी र नेतृत्वका विरुद्धमा रहेका यसप्रकारका शक्तिहरूले गरिरहेको षडयन्त्रपूर्ण र नियोजित हमलाको सिङ्गो पार्टीपंक्तिले दृढतापूर्वक प्रतिवाद गर्नुपर्दछ । गलत प्रवृत्तिको सशक्त प्रतिरोधबाट नै हामीले ‘मिसन ८४’ का लागि अनुकूल आधार तयार पार्न सक्दछौँ ।’

यस्तो छ ओलीको विश्लेषण

पहिलो – हाम्रो देशभक्तिपूर्ण अडान र भूमिका मन नपराउने शक्ति । जो आफ्नो प्रभुत्व र स्वार्थका लागि नेपालमा देशभक्त पार्टी र नेतृत्वलाई कमजोर बनाउन चाहन्छ । त्यसका लागि उसले आफ्नो प्रभावलाई हाम्रा विरुद्धमा परिचालित गरेको देखिन्छ । पार्टीले त्यसप्रकारको हमलाको सुरुदेखि नै प्रतिवाद गरेर नै पार्टीलाई यहाँसम्म ल्याउन सफल भएको हो ।

दोस्रो – नेपालमा राजसंस्था पुनः स्थापनाको सपना देखेका प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरू । उनीहरू हाम्रा कारणले उनीहरूको चाहना पुरा नभएका ठान्दछन् र हाम्रा विरुद्धमा केन्द्रित छन् ।

तेस्रा – नेकपा (एमाले) नेपालको वामपन्थी आन्दोलनको मुख्य शक्ति बनेको र हाम्रा कारणले उनीहरूको सत्ता राजनीतिको ‘म्याजिक नम्बर’ औचित्यहीन बनेको र भूमिका खोसिएको ठानेर विछिप्त छन् । उनीहरू हाम्रा विरुद्धमा अराजनीतिक र आपराधिक तरिकाबाट छद्मरूपमा हमला गरिरहेका छन् ।

चौथो – नयाँ वैकल्पिक शक्ति निर्माणको आकांक्षा बोकेका शक्तिहरू । उनीहरू लोकप्रियतावाद र अराजकतावादको सहारा लिएर अघि बढ्न खोजिरहेका छन् । उनीहरू आफ्नो उद्देश्य पुरा गर्नका लागि नेकपा ९एमाले०ले बाधा पुर्‍याउने ठानेर हाम्रा विरुद्धको कूप्रचारमा केन्द्रित छन् । नीतिविहीन लोकप्रियतावाद र अराजकतावादले नेपाली समाजमा पुर्‍याउनसक्ने क्षतिका बारेमा हाम्रो पार्टी सचेत र स्पष्ट छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव