२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महङ्गो भाडादरका बिषयमा लिखित उजुरी दिनुहोसः काबा राजदुत दक्षिण कोरिया

२०७७, २१ असार आईतवार १०:४२

अध्यागमनको तथ्याङ्क अनुसार दक्षिण कोरियामा बिभिन्न पेशामा संलग्न नेपालीको संख्या कुल ४२००० रहेको देखिएता पनि भएका राजदुत फिर्ता बोलाएसँगै लामो समय बितिसक्दा पनि सरकारले नयाँ राजदुत नियुक्त गर्न सकेको छैन । कुटनीतिक क्षेत्रमा २१ बर्ष बिताईसकेका र म्यानमार र भारतको नयाँ दिल्लीको नेपाली दुतावासमा सहचारी र श्रीलंकामा द्धितिय सचिबको समेत भुमिका निर्बाह गरि एघार महिना अगाडीमात्र दक्षिण कोरियामा उपनियोग प्रमुख सहित कार्यबाहक राजदुतको समेत भुमिका निर्बाह गर्नेगरि नियुक्त हुनुभएका राम सिंह थापासँग कोरियाको नेपाली समाज र दुतावासको जिम्मेवारका बिषयमा रहेर दक्षिण कोरियाबाट साझा सवालका लागि अर्जुन बरालले तयार पारिएको कुराकानीको संम्पादित अंश:

दुतावास किन र केको लागि अनि तपाईको भुमिका के ?

 नेपाली श्रमिक जहाँ ५ हजार भन्दा बढि हुन्छन, त्यहाँ नेपाल सरकारले नेपाली दुतावास खोली कन्सुलर सेवा दिने परराष्ट्र नीति रहेको छ भने पछिल्लो समय रोजगारको आकर्षणको रुपमा दक्षिण कोरिया पर्दछ, जहाँ श्रमिकको हितमा पनि काम गर्न पर्ने हुँदा दुतावासको आवश्यक रहन्छ भने हाल आएर दक्षिण कोरिया बैदेशिक लगानी गर्ने देश मध्ये चौथो नम्बरमा पर्न आउँछ, कोरियाका बिभिन्न क्षेत्रका बिज्ञ परामर्शदाता प्राबिधिक धेरै नै नेपालका बिकाश आयोजनामा सहभागी रहेका छन् साथै उनीहरुसँगको अन्र्तरक्रिया लगाएत बिभिन्न छलफलबाट दुईदेशको सम्बन्ध सृढुण हुँदै गएको छ भने मेरो पद कन्सुलर तथा उपनियोग प्रमुख नै हो राजदुत नभएकाले दुतावासको दैनिक प्रशासनिक कामकाजलाई सहजीकरणको लागि मेरो भुमिका कार्यबाहक राजदुतको रुपमा पनि रहेको छ ।

कार्यबाहक राजदुतको भुमिकामा समेत रहनु भएको तपाई आफूले सहि जिम्मेवार निर्बाह गरेको छु भनेर त मान्नुहोला तर कोरियामा रहेका नेपालीले मानेका छन् भन्ने मान्नु हुन्छ ?

अहिलेसम्म कहि-कतै कोहि कसैले पनि हामीले गरेका हरेक कामलाई गम्भिर रुपबाट आरोप लगाएका छैनन् । हाम्रो भुमिका र जिम्मेवारीका सम्बन्धमा नेपालको परराष्ट्र मन्त्रालयले मुल्याङ्कन गर्ने हो, साथै हामीबाट भएका कामकाज र भुमिकाको सम्बन्धमा परराष्ट्रले कुनै शंका उपशंका गरेको छैन, तसर्थ हाम्रो भुमिका सन्तोषजनक नै छ ।

तपाईको नेपाली दुतावास दक्षिण कोरियामा नियुक्ति भएसँगै हालसम्म भएका काममध्य कूनै एक महत्वपूर्ण काम बताउन सक्नुहुन्छ ?

आफूले आफ्नो बारेमा भन्न अफ्ट्यारो हुने । कोरियाको समुन्द्रतटमा एक नेपालीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो, यस घटनामा मृतकका परिवारले कुनै क्षतीपूर्ती पाउँने अवस्था थिएन तर मैले श्रीलंकामा रहँदा सुनेको थिएँ समुन्द्रतटलाई पनि बीमा गरिएको हुन्छ, जहाँ कोही पौडी खेल्दा दुर्घटना भएको खण्डमा बीमा दाबी गर्न पाउँछ भन्ने । त्यही कुरा हामीले बुझ्ने क्रममा सम्बन्धीत सिटीले बीमा गरेको भेट्टियो । त्यसपश्चात हामीले कानुनी पहल गरेपछि मृतकको परिवारलाई नेपाली ४५ लाख दिलाउँन सफल भयौं ।

दुतावासमा फोन गरे फोन नउठाउँने उठाए झर्कने राम्रोसँग नबोल्ने गरेको जनगुनासो छन्, तपाई मान्न तयार त हुनुहुँन्न होला है ?

अन्तराष्ट्रिय उडान रोकिएका कारण कार्यअबधि सकिएर नेपाल जान नपाउँनु भएका धेरै नेपाली यहाँ रोक्किन पर्ने अबस्था आएसँगै धेरै नै फोनकल आउने गरेको कारणले फोन लाईन ब्यस्त हुँन थालेको साँचो हो नत्र पहिला त्यस्तो थियन । मेरो लगाएत, श्रम कन्सुलर, प्रथम सचिब र सहचारी सबैको टेलिफोन नम्बर सार्बजनिक गरेका छौ जस्तोसुकै परिबेशमा पनि फोन उठाउँन भनेको छु । जुन अवस्थामा पनि फोन उठ्छ नउठ्ने भन्ने हुँदैन ।

कोरोनाका कारण भिषा अबधि सकिएर कोरियामा रहेका र छुट्टिमा नेपाल गएर कोरिया फर्कनेको चार्टड फ्लाईटमा चर्को भाडा भुक्तानीको बिषय जानकारी छ या छैन ?, भए सरकारलाई जानकारी दिलाउँन किन सक्नुहुँन्न ?

सरकारले यहाँबाट फर्कनेको हकमा भाडादर निर्धारण गर्यो तर नेपालबाट कोरिया आउँनेको हकमा जिएसए मार्फत पर्यटन मन्त्रालयले अनुमती दिने लगाएत सबै काम उतैबाट हुँने गरेको छ भने कोरियन एयरको मनोपोली (एकाधिकार) भएजस्तो लाग्छ । चर्को भाडादरको बिषयको जनगुनासो भए लिखित उजुरी दिनुस हामी सम्बन्धित मन्त्रालयमा पठाईदिने छौ । कोरियाबाट जानेका हकमा पछिल्लो भाडादरका बिषयमा  पर्यटन मन्त्रालयबाट हामीलाई जानकारी माग गर्दापनि दिईएन दिईएको भए हामी सार्बजनिक गर्दथ्यौ त्यो हुँन सकेन । पछिल्लो समय जीन एयरले कोरियाबाट जानेको हकमा ७०० अमेरिकी डलर प्रश्ताव गरेको र बिबिध कारणले जीन एयरको उडान नभएपछि केएमईले पनि ७०० डलर भाडादर कोरियाबाट नेपाल जानेको हकमा लिने भनेको छ ।

एक अन्तरवार्ताका क्रममा एनआरएनए नै महत्वपूर्ण हो जस्तै उसँग समन्वय गर्ने भन्ने अभिब्यक्ति दिनुभएको थियो, अबदेखि त दुतावासबाट पाउँने सुबिधा पनि एनआरएन सँग माग्दा हुने भयो ?

देशमा लगानी बृद्धि गर्न, श्रमिकको हितमा काम गर्न एनआरएनए सँग सहकार्य गर्न भनेर एनआरएनए केन्द्र अनी पर्यटन मन्त्रालयले पनि भनेको छ । अहिलेको परिस्थितीमा दुतावासले लिष्ट तयार गर्ने, पर्यटन मन्त्रालयले उडानको ब्यबस्था गर्ने र पुनः एनआरएनएको सहकार्यमा पर्यटन मन्त्रालयमा प्रस्ताव पठाउँने मन्त्रालयलाई उपयुक्त लागे स्विकृत गर्ने भन्ने सरकारको नीति छ । बरु कोरियाको हकमा दुतावासमा संकलन भएको नाम लिष्ट अन्य व्यक्तिको हातमा पुगेको भन्ने सुनेको छु त्यस बिषयमा छानबिन हुँदैछ ।

अन्तमा 'सरकारी काम कहिले जाला घाम'को उखान जस्तै तपाईहरु त्यस्तै हुनुहुन्छ है ?

(हास्दै) यो आरोपमा आरोप मात्र हो । सामान्यकरण गरेर यस्तो त्यस्तो भन्न त मिलेन नी हामीले सार्बजनिक बिदाका दिनमा पनि काम गरेका छौ । दुई बजे सक्किने कन्सुलर सेवालाई पाँच बजेसम्म गरेका छौ नि ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले