2026-07-25 11:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको आरोपमा चार विद्यार्थी पक्राउ

असार १, काठमाडौं | काठमाडौंको कालिकास्थानस्थित ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले सोही कलेजका चार जना विद्यार्थीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका वीरमुनी घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका बानियाँटार बस्ने १८ वर्षीय जोसेन बानियाँ,  रामेछापको मन्थली नगरपालिका घर भई हाल काठमाडौं डिल्ली बजार बस्ने १८ वर्षीय बिपिन खत्री,

ओखलढुङ्गाका मानेभञ्याङ्ग गाउँपालिका–६ घर भई हाल काठमाडौं घट्टेकुलो बस्ने १८ वर्षीय प्रतिक खतिवडा र काठमाडौं टोखा नगरपालिका–६ ढलमल वस्ने सञ्जिब भण्डारी रहेका छन्। पक्राउ परेकामध्ये बानियाँले सुरक्षागार्डमाथि खुकुरी प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ। उनीहरू सबै ट्रिनिटी कलेजमा मानविकी संकायमा कक्षा ११ मा अध्ययनरत रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए। 

मंगलबार दिउँसो कलेजका सुरक्षागार्डमाथि धारिलो हतियार प्रहार गरेको सूचनापछि प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले उनको उद्धार गरेको थियो। बायाँ कानमुनि चोट लागेका उनी मोडेल अस्पतालमा उचारपछि डिस्चार्ज भइसकेका छन्। उनको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ।

करिब १० दिन अगाडी कलेज प्राङ्गणमा बास्केटवल खेल्दा भएको विवादको विषयलाई लिएर कलेजमा मंगलबार दुई पक्षबीच झै-झगडा हुन लाग्दा सुरक्षा गार्डले छुट्याउने क्रममा उनीमाथि नै आक्रमणमा उत्रिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला