२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध लागूऔषधसहित तीन जना पक्राउ

२०७९, २४ असार शुक्रबार ०७:४०

असार २४, काठमाडौं | झापा र मोरङबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

झापाको झापा गाउँपालिका–३ झाटीस्थित खाली घरबाट करिब १३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र १ थान डिजिटल तराजु सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–३ रुईमारी बस्ने २२ वर्षीय फरमान अली र सोही गाउँपालिका–४ बस्ने ३२ वर्षीय मनोज गणेश रहेका छन् । 

लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टा, इलाका प्रहरी कार्यालय कुमारखोद र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

साथै उनीहरूले प्रयोग गरेको प्र–१–०१–९१३ प ८३४० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।   

मोरङको सुन्दरहरैचा नगरपालिका–१० बस्ने ३२ वर्षीय केशव तामाङलाई करिब १ किलो १२० ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन