२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

२०७९, २४ असार शुक्रबार ०८:३८

असार २४, काठमाडौं | काठमाडौं, भक्तपुर, मोरङ, बारा र महोत्तरीमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । 

काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा बा.८ ख ८७२८ नम्बरको ट्रकले बा.५५ प ७६३६ नम्बरको स्कुटरलाई बिहीबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्कुटरमा सवार नुवाकोट बेलकोट गढी नगरपालिका–८ जिरुङ बस्ने ३० वर्षीय नवराज सुनार रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । 

भक्तपुरको चाँगुनारायण नगरपालिका–५ पिखेलमा बा.५ ख ५४२३ नम्बरको ट्रकमा बा.६७ प ८४२२ नम्बरको स्कुटर बिहीबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ३२ वर्षीय माधव बस्नेत रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पताल हुँदै शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । 

मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित सडकमा प्र–१–०२–०४२ प २७६९ नम्बरको मोटरसाइकल बिहीबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनवर्सी नगरपालिका–१ केचना बस्ने ३३ वर्षीय रोशन श्रेष्ठ रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

बाराको आदर्श कोतवाल गाउँपालिका–५ रुपवलिया टोलमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने बिल्टु रामकी छोरी ३ वर्षीया सृष्टी कुमारीको बिहीबार राति मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएकी उनको एनएमसी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकलको प्रहरीले खोजी गरिरहेको छ । 

महोत्तरीको महोत्तरी गाउँपालिका–५ गौरीगामास्थित सडकमा मडैबाट बलबातर्फ जाँदै गरेको ज.११ प १७२३ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका–६ बस्ने ३० वर्षीय मुकेश मण्डल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन