2026-07-25 04:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंबाट ‘हनी ट्र्याप’ मा संलग्न आरोपमा पति–पत्नीसहित तीन पक्राउ

साउन २, काठमाडौँ | प्रहरीले काठमाडौंबाट ‘हनी ट्र्याप’ मा संलग्न आरोपमा पति–पत्नीसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-६ घर भई बौद्ध बस्दै आएकी ३१ वर्षीया कल्पना बस्नेत, ३१ वर्षीय कृष्णहरी खड्का र वडा नम्बर ४ घर भई बालकोट बस्दै आएका २८ वर्षीय संजय कार्कीलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाले जानकारी दिए। पक्राउ परेका बस्नेत र कार्की पति–पत्नी हुन्।

उनीहरूले पीडितलाई सामाजिक सञ्जाल प्रयोग गरी सम्पर्क गर्ने गरेको र पछि ती व्यक्तिहरूलाई प्रत्यक्ष भेटी झूटा मुद्दा लगाइदिन्छु भन्ने गरेको अपराध अनुसन्धान कार्यालयकाले बताए।

उनीहरूले विभिन्न संस्थानबाट लाभ लिने उद्देश्यले विभिन्न समूहका महिला र पुरूषहरूसँग सामाजिक सञ्जालमा जोडिएर पछि उनीहरूलाई फसाउने गरेको आरोप छ।

यस्तै, उनीहरूले पीडितलाई डर धम्की र त्रास देखाई ब्याकमेल गरी मोलमलाई गर्ने गरेको पराध अनुसन्धान कार्यालयकाले बताए।

प्रहरीले उनीहरूलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक