साउन १८, कास्की | मानब बेचबिखन दिवसको अबसर पारेर शिबालय बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मंगलबार पुरुन्चौर २ ठाँटीमा तिज गित प्रतियोगिता सम्पन्न भएको छ ।

मानव ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १८, कास्की | मानब बेचबिखन दिवसको अबसर पारेर शिबालय बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मंगलबार पुरुन्चौर २ ठाँटीमा तिज गित प्रतियोगिता सम्पन्न भएको छ ।

मानव ब"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मानब बेचबिखन सम्बन्धी तिज गित प्रतियोगिता सम्पन्न

२०७३, १८ श्रावण मंगलवार १५:४९

साउन १८, कास्की | मानब बेचबिखन दिवसको अबसर पारेर शिबालय बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मंगलबार पुरुन्चौर २ ठाँटीमा तिज गित प्रतियोगिता सम्पन्न भएको छ ।

मानव बेचबिखन सम्बन्धी तिज गित प्रतियोगितामा जनजागृति आमा समुह प्रथम ,सम्झना आमा समुह द्धितिय ,विन्ध्येश्वरी मा.वि.तृतिय भएका छन । प्रतियोगितामा  प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश पाँच हजार,तिन हजार र दुई हजार तथा प्रमाण पत्र पाएका छन् । प्रतियोगिताको पुरस्कार वितरण गर्दै प्रमुख अतिथि कारीतास नेपाल पोखरा शाखा प्रमुख शोभा आचार्य ले पछिल्लो समय मानब बेचबिखनमा आफन्तहरुबाट चेलीहरु बेचिएका पाइएकोले सबै सजग हुनुपर्ने बताइन् । रोजगारी दिने बाहानामा चेलीहरुलाई फकाइ फुलाइ लैजाने गरेको जानाकारी दिदै उनले मानब बेचबिखन रोक्नको लागि सबै आमा समुहहरु सक्रिय हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा पुरुन्चौर गाविसका गाविस सचिव हरिप्रसाद अधिकारी ले मानब बेचबिखन रोक्नको लागि सबै मिलेर अगाडि बढ्न सकेमा केहि कमि आउने बताए ।

शिबालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भिम कुमारी ढुंगानाको अध्यक्ष्यतामा भएको कार्यक्रमको आर्थिक सहयोग कारीतास नेपालले गरेको थियो भने कार्यक्रममा बिकाश गौतम,विन्ध्येश्वरी युवा क्लवका अध्यक्ष बिकाश आचार्य, तल्लाकोट स्वास्थ्य चौकीका प्रमुख दयाराम दाहाल लगायत ले मानब बेचबिखन सम्बन्धी आ आफ्ना धारणा राखेका थिए ।  प्रतियोगितामा सात टिमको सहभागिता रहेको स्थानिय चिरन्जिवि आचार्यले जानाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते