३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

तनहुँका ४८ जना विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण

५ असार २०८२, बिहीबार १२:००
काठमाडौं । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाले ४८ जना विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका वर्गलाई नमूना आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएको आवास संयुक्त रूपमा प्रदान गरिएको हो ।
दश वर्षसम्म बेच्न, भाडामा लगाउन र धितो राख्न नपाउने प्रावधानसहित घर हस्तान्तरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । “विपन्न नागरिक घरविहीन नहुन् भनेर सम्बन्धित वडाको सिफारिसका आधारमा घर निर्माण गरी संयुक्त रूपमा प्रमाणपत्र प्रदान गरिसकिएको छ”, उहाँले भन्नुभयो ।
आर्थिक वर्ष २०८०/८१ मा २५ घरका लागि रु आठ लाख र आव २०८१/८२ मा २३ घरलाई रु १० लाख लागतमा बोलपत्रमार्फत प्रक्रिया गरी आवास निर्माण गरिएको हो ।
सङ्कको समपुरक कोषको ३८ प्रतिशत र गाउँपालिकाको ६२ प्रतिशत लागतमा आवास निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो । उहाँका अनुसार आवास सुविधा लिनका लागि परिवार सदस्यमा कोही स्थायी रोजगार तथा दिगो लगानी तथा आयस्रोत नभएका, दोहोरो सुविधा तथा अनुदान नलिएकालगायत प्रमाण पेस गर्नुपर्ने प्रावधान छ ।
अपाङ्गता भएका व्यक्ति, असहाय, सिमान्तकृत, अल्पसङ्ख्यक तथा दलित जातिमा सूचीकृत भएकालाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । “हामी जनप्रतिनिधिमा निर्वाचित भएपछि पाँच वर्षभित्रमा कम्तीमा ६० घर बनाउछौँ भन्ने प्रतिबद्धता जनाएबमोजिम अहिलेसम्म ४६ वटा सम्पन्न गरी हस्तान्तरण गरेका छौँ”, उहाँले भन्नुभयो ।
गाउँपालिकाका इञ्जिनियर शिव ज्ञवालीले ४८ जना विपन्न परिवारका लागि दुई कोठे पक्की भवन निर्माण गरिएको बताउनुभयो । पालिकाले घरविहीन नागरिकलाई लक्षित गरी नमूना आवास कार्यक्रम सञ्चालन गरी भवन निर्माणलाई प्राथमिकतामा राखेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’