मोहम्मद ईजहार शेष/साउन २८, नवलपरासी । अन्तराष्ट्रिय  यूवा दिवसको २०१६  अवसर पारेर नवलपरासीमा आज बिभिन्न क्षेत्रबाट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष/साउन २८, नवलपरासी । अन्तराष्ट्रिय  यूवा दिवसको २०१६  अवसर पारेर नवलपरासीमा आज बिभिन्न क्षेत्रबाट "/>
2026-06-19 10:03 AM
नवलपुर - NWL

नवलपरासीमा युवा दिवस कार्यक्रम भब्य रुपमा मनाईयो

2016-08-12

मोहम्मद ईजहार शेष/साउन २८, नवलपरासी । अन्तराष्ट्रिय  यूवा दिवसको २०१६  अवसर पारेर नवलपरासीमा आज बिभिन्न क्षेत्रबाट यूवा/यूवतीहरुलाई सम्मान प्रदान गरिएको छ ।

बिभिन्न क्षेत्र मार्फत युवा वर्गलाई प्रेरणा प्रदान गर्न सफल भएको जनाउदै पत्रकारीता, कलाकारीता, गायन, कृर्षक, स्वास्थ्य लगायतका क्षेत्रबाट  यूवा/यूवतीहरुलाई सम्मान प्रदान गरिएको हो । सम्मानीत हुनेहरुमा  पत्रकारीता तर्फ पुरुषोत्तम सुबेदी,  ब्यवसायी तर्फ नवराज पौडेल, कलाकारीता तर्फ  सुरज पौडेल, गायन तर्फ अस्मीता सुन्धली   र कृर्षक तर्फ सुर्य पाण्डे रहेका छन् ।  यसैबिच यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रमा प्रभावकारी योगदान पु¥याएको भन्दै परिवार नियोजन अन्तर्गत साथी शिक्षक प्रकृति अधिकारी र सोनम चौधरी नगद सहित  सोही क्रममा सम्मान गरिएको हो  । 

अन्तराष्ट्रिय यूवा दिवसको २०१६ को अवसरमा पारी आयोजीत  बिशेष समारोहमा  कार्यक्रमका प्रमुख अतिथी उद्योग बाणीज्य संघका अध्यक्ष भिम बहादुर थापा ( भरत )ले सम्मानी हुनेहरुलाई  दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरि सम्मान गर्नुभएको थियो  । बिभिन्न क्षेत्रबाट युवा युवती छनौट गरी सम्मानको परम्पराको थालनी गरिनुलाई सकारात्मक रुपमा लिईएको सम्मानीत युवा यवतीहरुले जनाएका छ  । सम्मानीत मध्ये सुबेदी २०६३ सालबाट राष्ट्रिय समाचार समिती  ( रासस )मा आबद्ध हुनुहुन्छ  । सुबेदी नेपाल भारत मैत्री पूर्ण पत्रकार संघको महासचिब समेत हुनुहुन्छ  ।

नवलपरासीको बिभिन्न क्षेत्रबाट आएका युवा युवतीहरु सहभागी  सो कार्यक्रममा  पत्रकार सुबेदीले राष्ट्र निमार्णमा यूवाहरुको भुमिका बिषयमा कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो । 

गरिबी उन्मुलनमा यूवा प्रतिबद्धता उत्पादन र उपभोगमा आत्मनिर्भरता भन्ने नाराका साथमा प्रकृति युवा क्लबको अगुवामा आयोजीत युवा दिवस बिशेष समारोहमा प्रस्तुत कार्यपत्र माथी युवाहरुको समस्या र समाधानको उपायबारे छलफल गरिएको थियो । 

क्लबका अध्यक्ष हुसैन अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी युवा ब्यवसायी , समाजसेबी उद्योग बाणीज्य संघका अध्यक्ष थापाले सरकारले  देशका युवा जनशक्तीलाई देशमै पारिचालक गर्ने बातावरण सृजना गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा बोल्दै थापाले युवा शक्ती देशको मेरुदण्ड भएकोले देशले समयमै युवाहरुको ब्यवस्थापन गर्न नसके देशको बिकास लामोसमयसम्म असम्भब भएकाले यसलाई सरकारले गम्भीरता पुर्वक लिनुपर्ने बिचार राख्नुभयो ।

संस्थाका सचिब मोहम्मद ईजहार शेखको संचालनमा भएको सो कार्यक्रममा परासी स्थित युनिक वेवी केयरको अगुवाईमा बिभिन्न सांस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो  ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी