Skip to content
Friday, July 17, 2026 Nepali Online Media
October 9, 2020 पर्बत - PBT

ॐ पार्क निर्माणदेखि, होमस्टे, जिमक्लबसम्म तयार गरेका छौं– सुवासचन्द्र पौडेल (भिडियो)

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पर्वत ।   स्थानीय तहको निर्वाचन भएको झण्डै तीन वर्ष हुन लागि सक्यो । यो बेलासम्म स्थानीय तहले केके काम गरे ? के के काम गर्न बाँकी छन्  र जनप्रतिधिहरुले चुनावको बेलामा गरेका प्रतिबद्धा केके पूरा गरे भन्नेबारेमा हामीले स्थानीय जनप्रतिनिधिसंग बुझ्ने प्रयास गरेका छौं ।

यसैबीच कुश्मा नगरपालिका ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेलसँग अहिलेसम्म भएका र हुन बाँकी काम र योजनाबारे जानकारी लिने प्रयास गरेका छौं । वडा नं ७ कुश्मा बजारभित्रै भएका कारण त्यहाँको प्रथामिकतामा शिक्षा, स्वास्थ्य, खानेपानी र महिला शशक्तिकरण परेको छ । बाटोघाटोको स्तरोन्नती आफ्नो ठाउँमा भइरहेको छ वडा अध्यक्ष पौडेलले भने ।

कुश्मा ७ मा सामुदायिक होमस्टेदेखि  गोदाममा सार्वजनिक जीम क्लब निर्माण भएको छ । त्यतिले मात्रै नपुगेर कुश्मा बजारको समस्याको रुपमा रहेको छाडा पशुचौपायाको व्यवस्थापानको लागि गौशाला नै निर्माण भएको छ ।  सडकमा सोलार प्यानल राखेर उज्यालो बनाइएको छ भने सडकको स्तरोन्नती गरिएको छ ।

महिला दिदीबहिनीहरुको शशक्तिकरणको लागि विभिन्न प्रकारका तालिम तथा सीप मुलक कार्यक्रम अगाडी सारिएको छ, एक घर एक कृषि टनेल निर्माण गर्नको लागि प्रोत्साहन गरिएको छ । अझै बनौ भने कन्दमुल –तरुल ) को खेतीको लागि कुश्मा ७ का नगरबासीलाई निशुल्क तरुलको विरुवा वितरण, घाँसका विरुवा वितरण गरिएको छ  वडा अध्यक्ष पौडेलले भने ।

खरेहामा ॐ पार्क निर्माणको अन्तिम चरणमा छ । जिल्लामा धार्मिक पर्यटक भित्राउनको लागि १०८ बरपिपलको चौतारो सहितको ॐ पार्क निर्माणलाई अगाडाी बढाईएको छ  वडाअध्यक्षले बने ।

कुश्मा, खरेहा बजारमा त्यहाँको ढल व्यवस्थापन, सडकको स्तरोन्नती, एकिकृत कर संकलनमा जोड दिएको ,शिक्षा, कृषि क्षेत्रमा पनि काम गरेको उनले बताए ।

उक्त वडामा के कति काम भए त्यसको बारेमा वडा अध्यक्षकै शब्दमा बुझ्नको लागि यो भिडियो हेर्नुहोस