११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्याङ्गजा - SNJ

स्याङ्जामा सामग्री सार्ने क्रममा विस्फोट, एक जनाको गम्भीर घाइते

४ कार्तिक २०८१, आईतवार १६:१९

स्याङ्जा | स्याङ्जाको चापाकोट नगरपालिका-४ मल्याङकोटमा सामग्री सार्ने क्रममा भएको विस्फोटमा एक जना घाइते भएका छन्। ४५ वर्षीय गोविन्द पुरी शनिबार साँझ घरको दोस्रो तलामा भाँडाकुँडा सार्ने क्रममा अचानक विस्फोट हुँदा घाइते भएका हुन्। वडाध्यक्ष अर्जुन खाँणका अनुसार विस्फोटबाट घरमा पनि क्षति पुगेको छ।

घाइते पुरीलाई तत्काल लुम्बिनी मेडिकल कलेज, पाल्पा पुर्‍याइएको थियो। उपचारपछि आइतबार उनी घर फर्किएका छन्। विस्फोटका कारण उनका आँखा, अनुहार, खुट्टा, र पेटमा चोट लागेको छ।

घटनाको प्रारम्भिक अनुसन्धानका आधारमा सकेट बम विस्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रहरीले आइतबार सोही घरमा थप अनुसन्धान गर्दा बम बनाउने सामग्री र केही गोली समेत बरामद गरेको छ। घटना थप रहस्यमय बनेकोले विस्तृत अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चापाकोटले जानकारी दिएको छ।

घाइते पुरी नेपाली सेनाबाट दुई वर्षअघि अवकाश भएका थिए। घटना र विस्फोटको स्रोतबारे थप अनुसन्धानपछि मात्र पूर्ण जानकारी सार्वजनिक गरिने प्रहरीले बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु