Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 21, 2016 हुम्ला - HML

खाद्यान्न माग गर्दै ज्ञापनपत्र

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ६, हुम्ला । कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत जिल्लाका दक्षिणी भेगका नौ गाविसका प्रतिनिधिले गत वर्ष आफूले पाउनुपर्ने ३१ क्विन्टल चामल प्राप्त नभएको गुनासो गर्दै आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र दिएका छन् ।

मुगुको सिमानामा पर्ने दक्षिणी भेगका ती जनताले गत वर्ष सो कार्यक्रमअन्तर्गत बङ्गलादेशबाट प्राप्त हुनुपर्ने चामल पाएका थिएनन् । गत वर्ष उनीहरुले चार क्विन्टल ३१ केजी चामल मात्रै पाएको बताइएको छ ।

ती जनताले केहीबेर जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए ।

रोडीकोट–४ का कृषक रामबहादुर ऐडी नेतृत्वको प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रजिअ डा कृष्णबहादुर घिमिरेले खाद्यान्न ढुवानीका लागि गृह र आपूर्ति मन्त्रालयमा आजै जिप्रकाले पत्राचार गरेको जानकारी दिनुभएको थियो । रासस