नन्दराम जैशी | भदौ १२, जुम्ला | जुम्लाका १५ सय जना महिलाले पाठेघरको मुख चेकजाचँ गराएका छन् । पाठेघर संक्रमण भएमा स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | भदौ १२, जुम्ला | जुम्लाका १५ सय जना महिलाले पाठेघरको मुख चेकजाचँ गराएका छन् । पाठेघर संक्रमण भएमा स"/>
२०८३, १४ जेष्ठ बिहीबार
जुम्ला - JML

१५ सय जनामा ३ जना महिलाको पाठेघरको मुखमा क्यान्सर

२०७३, १२ भाद्र आईतवार १३:०८

नन्दराम जैशी | भदौ १२, जुम्ला | जुम्लाका १५ सय जना महिलाले पाठेघरको मुख चेकजाचँ गराएका छन् । पाठेघर संक्रमण भएमा समयमै उपचार गरी संभावित रोगबाट मुक्त हुने उदेश्यले जुम्लाका १५ सय जना महिलाले पाठेघरको मुख चेकजाचँ गराएका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा श्रावण २० गते देखि सञ्चालन भएको निशुल्क पाठेघरको मुखको क्यान्सरको चेकजाचँका अवसरमा आजसम्म १५ सय जना महिलाले निशुल्क चेकजाचँ गराएका छन् ।

जसमा आजसम्म चेकजाचँ गराएका १५ सय महिला मध्ये ३ जना महिलामा पाठेघरको मुखको क्यान्सर भएको उपचारमा संलग्न डाक्टर निरेश थापाले जानकारी दिनु भयो । पाठेघरको क्यान्सर भएका ३ जना महिला मध्ये दुई जना महिलालाई उपचार गर्न सकिने र एक जनालाई उपचार गर्न नसकिने डाक्टर थापाले बताउनु भयो । चेकजाचँ गरिएका १५ सय महिला मध्ये २ सय जना महिलाको पाठेघरको संक्रमण मासुलाई चेकजाचँका लागी काडमाण्डौ प्याथोलोजिष्ट अस्पतालमा पठाइएको छ ।       

हाल दिन प्रतिदिन चेकजाँच गराउने महिलाको संख्यामा बृद्धि भैरहेको छ । प्रति दिन ६० देखि १ सय जनासम्म महिलाहरु चेकजाँचका लागि आउने गरेको जनाइएको छ । स्क्रिनिङ क्लिनिक सञ्चालन गरी भाद्र १२ गते सम्म पाठेघरको मुखको चेकजाचँ हुने भनियता पनि चेकजाचँका लागी आउने महिलाको सङ्ख्या बढ्न थालेकाले ३ दिन पुन थप गरीएको छ । जसअन्र्तगत भाद्र १५ गते सम्म क्लिनिक सञ्चालन गरि निशुल्क पाठेघरको मुखको क्यान्सरको चेकजाच गराइने प्रतिष्ठानका डा. निरेश थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ