दलसिंह गिरी | साउन २२, कालिकोट | कालिकोट र जिल्लामा उत्पादन हुने स्याउको गुणस्तरियता कायम राख्न तथा का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | साउन २२, कालिकोट | कालिकोट र जिल्लामा उत्पादन हुने स्याउको गुणस्तरियता कायम राख्न तथा का"/>
२६ पुष २०८२, शनिबार
कालिकोट - KLK

बजारमा काचो स्याउको विगविगी सरोकारवाला मौन

२२ श्रावण २०७३, शनिबार १५:३७

दलसिंह गिरी | साउन २२, कालिकोट | कालिकोट र जिल्लामा उत्पादन हुने स्याउको गुणस्तरियता कायम राख्न तथा कालिकोट जिल्लालाई स्याउ उत्पादन क्षेत्रको रुपमा चिनाउन जिल्ला कृषि विकास कार्यालय कालिकोटले कम्तिमा भदौं १५ अगाडी स्याउ टिप्न तथा विक्रि वितरण नगर्न स्याउ ब्यावशायि तथा सर्ब साधारणलाई विभिन्न संचार माध्यम एवं कृषि सेवा केन्द्र मार्फत जानकारी गराएपनि स्थानीय बजारमा काचो स्याउ बिक्रि वितरण ब्यापक बढ्न थालेको छ ।

जिल्ला कृषि विकास कार्यालयले भदौं अगाडी स्याउ टिप्न र खानयोग्न नहुने भन्दै भदौं पछिमात्र स्याउ टिप्न तथा विक्रि वितरण गर्न अनुरोध गरेपनि स्थानीय कृषकहरु कृषि विकास कार्यालयको अनुरोधलाई अटेर गर्दै बजारमा स्याउ विक्रि वितरण गर्न थालेका छन् । 

स्याउ आजभोली बेच्दा आफुले भने अनुसारको मुल्य पाउने र आर्थिक समस्याका कारण छिटै बेचि पैसा कमाउने आसयले स्याउ बजारमा ल्याउने गरेको स्याउ उत्पादन ब्यवशायी तथा ब्यापारीहरु बताउछन् । पछि ढिलो सम्म राख्यो भने जंगली जनावरहरुले खानुका साथै बजारमा पनि स्याउ धेरै आउने भएकाले आफुले सोचे अनुसारको मुल्य नपाउने भन्दै बजारमा काचो स्याउ ल्याउने गरेको ब्यापारीहरु बताउछन् ।

जुम्ला, हुम्ला, मुगु लगायतका क्षेत्रमा कृषकहरुलाई सम्बन्धित जिल्ला कृषि विकास कार्यालयले भदौं अगाडी स्याउ नबेच्न आग्रह गर्दै भाद्र अगाडी स्याउ विक्रि वितरण गरेको भेटेमा कार्वाहि गर्ने चेतावनी समेत दिई प्रहरी तथा कृषि सेवा केन्द्रलाई निगरानीको लागि जिम्मेवारी दिए पनि कालिकोटमा भने भदौ १५ गते अगाडी जिल्ला बाहिर स्याउ ओसारपोसार गर्नबाट रोक्न नेपाल प्रहरीलाई आग्रह गरेको र स्थानीय बजारमा किसानहरुको अटेरिका कारण स्याउ विक्रि वितरण रोक्न नसकिएको जिल्ला कृषि बिकास कार्यालयका निमित्त प्रमुख कल बहादुर शाहीले बताउनु भएको छ ।

विगत केही बर्ष देखि जिल्ला कृषि विकास कार्यालय कालिकोटले जिल्लामा स्याउ आत्मनिर्भर कार्यक्रम लागु गरी कृषकहरुलाई बार्षिक २२ हजार बढी विरुवा अनुदान दिदै आएको छ भने बार्षिक प्रति विरुवा १ सयका दरले कृषकहरुलाई स्याउको विरुवा गोडमेल ब्यवस्थापन खर्च समेत दिदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो