2026-08-30 08:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ : मन्त्री गुरुङ

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज हुलाक निर्देशनालय सुर्खेतको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री गुरुङले हुलाक सेवा पुरानै ढर्राबाट चलिरहेकाले अब यसको सेवालाई व्यापक परिवर्तन गर्नेगरी ऐन ल्याउन लागिएको जानकारी दिनुभयो ।

प्रविधिले फड्को मारिरहेको बेलामा पुरानै कानुन रहन नसक्ने उल्लेख गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने स्पष्ट पार्नुभयो । “हुलाक सेवाको विकास हुन नसकेको, हुलाक पुरानै तरिकाले चलिरहेको अवस्था छ”, उहाँले भन्नुभयो, “अब यसको सेवालाई थप प्रभावकारी बनाउनका लागि नीति नै परिवर्तन हुन्छ, यसका लागि हामीले ऐन ड्राफ्ट गरिरहेका छौँ । ऐन बनिसकेपछि सङ्घीयताको मर्मअनुसार आधुनिक रूपमा हुलाक सेवा सञ्चालन हुन्छ ।”

देश सङ्घीय गणतन्त्रमा पूरानो ऐनबाट हुलाक सेवा चलाएर प्रतिफलको आशा गर्नु गलत हुने बताउँदै उहाँले भन्नुभयो, “कानुन छ राजा महेन्द्रको पालाको अनि हामीले परिवर्तनको अपेक्षा गरेर हुन्छर ? यतिका वर्षसम्म कति सरकार परिवर्तन भए, कानुन बनाउनुपर्छ भन्ने हेक्का किन नराखेको ?” अहिले भ्रामक सूचनाले समाज भाँडिरहेको भन्दै मन्त्री गुरुङले सरकारले यसका नियमन गर्नेगरी ल्याएको सञ्चारसम्बन्धीको विधेयक छिट्टै कानुनका रूपमा ल्याउने जानकारी गराउनुभयो ।

विकासका काम अध्ययन नगरीकन गरिँदै आएको उल्लेख गर्दै मन्त्री गुरुङले देशको खर्बौं रकम खेर गइरहेको बताउनुभयो । “बसाइसराई शहर केन्द्रित हुँदैछ, प्रविधिको विकास तीव्र रूपमा अगाडि बढिरहेको छ, तर सनकको भरमा अध्ययन नगरी विकासका कामहरू गर्ने प्रवित्तिले राज्यको खर्बौं रकम नोक्सान भएको छ । विकास आवश्यकता र औचित्यका आधारमा हुनुपर्ने हो, तर त्यसो भएको छैन, यसलाई बदल्नुपर्छ ।”

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक सेवालाई प्रभावकारी बनाउनका लागि माग गरिएका सबै विषयलाई सम्बोधन गर्न प्रयास गरिने बताउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव वीरेन्द्र यादव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगतिश्वर उपाध्यायलगायतले नवनिर्मित भवनसँगै सेवालाई प्रविधिमैत्री बनाउन सुझाव दिनुभयो । कार्यक्रममा हुलाक सेवालाई प्रभावकारी बनाउन योगदान गर्ने विभिन्न निकाय तथा व्यक्तिहरूलाई सम्मानितसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने