2026-08-30 11:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सुर्खेत - SKT

सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान सम्बन्धी विधेयक परिमार्जन हुन्छ : मन्त्री शाही

माघ २८, कर्णाली । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले नेपाल पत्रकार महासङ्घकै राय सुझाव बमोजिम ‘सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान विधेयक’ परिमार्जन गर्ने बताउनुभएको छ । 

नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको नेतृत्वमा आज मन्त्रालयमा स्मरणपत्र बुझाउन पुगेको टोली समक्ष उहाँले सरोकारवालाको सुझावलाई अक्षरशः सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । 

अघिल्लो सरकारले दर्ता गरेको विधेयक भएकाले यसमा सच्याउनुपर्ने विषयका सम्बन्धमा आफू प्रष्ट भएको मन्त्री शाहीको भनाइ थियो । “प्रदेशसभा सदस्यहरुले संशोधनदर्ता गर्दैछन्, विषयगत समितिमा पत्रकार महासङ्घको सुझावलाई समेटेर विधेयकलाई परिमार्जन गरिनेछ,” उहाँले भन्नुभयो,“विधेयकप्रति सरोकारवालाले राखेका विषयमा मन्त्रालय र आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ ।”

अघिल्लो सरकारले प्रदेशमादर्ता गरेको विधेयक सभामा बुधबार टेबुल गरिएको थियो । प्रदेशसभा सचिवालयले उक्त विधेयकमाथि संशोधनको सूचनादर्ता गर्न निर्धारण गरेको समय शनिबार दिउँसो २ बजे सकिँदैछ । पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिले विभागीय मन्त्रीका साथै प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुका प्रमुख सचेतकलाई ज्ञापनपत्र बुझाउँदै संशोधन सूचना दर्ता गर्न अनुरोध गरेको छ । 

महासङ्घले प्रतिष्ठानको अध्यक्षमन्त्री, योजना आयोगका सदस्य र प्रदेश सरकारका सचिव पदेन सदस्य प्रावधान हटाई सरोकारवालाकै प्रतिनिधित्व बढी हुनुपर्ने धारणा राख्दै आएको छ । महासङ्घले प्रतिष्ठानका कार्यकारी अध्यक्ष आमसञ्चार क्षेत्रमा १५ वर्ष अनुभव र सम्बन्धित विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने, आमसञ्चार तथा पत्रकारिता क्षेत्रमा कम्तीमा १० वर्षदेखि कार्यरत एक महिलासहित तीनजना सदस्य, पत्रकार महासङ्घ प्रदेश समिति अध्यक्ष सदस्य, आमसञ्चार र सूचनाप्रविधि क्षेत्रकाएक/एकजना विज्ञ सदस्य रहनुपर्ने सुझाव पेश गरेको छ । 

महासङ्घ प्रदेश समितिका महासचिव खगेन्द्र भट्टराई नेतृत्वको टोलीले आजनेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) का संसदीयदलका सचेतकलाई संशोधन गर्नुपर्ने विषय समेटिएको ज्ञापनपत्र बुझाएको छ ।महासङ्घले मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बुधबार उक्त ज्ञापनपत्र बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने