पढ्न करिब 1 मिनेट लाग्छ

गणेश सिर्पाली/साउन ३२, रुकुम । अविलर वर्षाका कारण विद्यालय नजिकै पहिरो जाँदा रुकुमको वाल कल्याण मावि टोड्ने पेउघाको एउटा विद्यालयमा भवन जोखिममा परेको छ । विद्यालय प्रारङ्गवाटै गएको पहिरोले विद्यालय भवन जोखिममा पारेको हो ।

कक्षा ३, ४ र ५ को पढाई हुने तथा कार्यालय र लेखा रहेको विद्यालय भवन पहिरोको उच्च जोखिममा रहेको विद्यालयका प्रधानाध्यापक मोतिराम ओलीले जानकारी दिनुभयो । साउन ३० गते राती परेको वर्षा पछि आएको पहिरोले विद्यालय भवन जोखिममा पारेको प्रअ ओलीको भनाई छ ।

२०५१ सालमा जिल्ला शिक्षा कार्यालय अन्तरगत आधारभुत तथा प्राविधिक सहयोग परियोजनाको सहयोगमा उक्त भवन वनाईएको विद्यालयले जानकारी दिएको छ ।

भवन भत्किहाले अर्को वैकल्पीक भवन नभएका कारण समस्या पर्न सक्ने भन्दै आफुहरु चिन्तित वनेको विद्यालयले जानकारी दिएको छ । पानी पर्दा विद्यार्थीहरु समेत पहिरोको सन्त्रासमा पर्ने गरेका छन ।