२५ चैत्र २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

चक्कु रोपिएर मदरसा फैजानेमा एक विद्यार्थीको मृत्यु, दुई दिनसम्म घटना गुपचुप

१४ जेष्ठ २०७९, शनिबार १०:१९

जेठ १४, नेपालगञ्ज | फुलटेक्रामा सञ्चालनमा रहेको मदरसा फैजाने मदिनामा अध्ययन गर्दै आएका दुई विद्यार्थी आपसमा खेल्दाखेल्दै चक्कु रोपिएर एकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार दरसामा अध्ययनरत कास्की रुपाकोट–६ का १६ वर्षीय जामुदिन मियाँको ज्यान गएको हो ।

गत १२ जेठ साँझ ५ बजे भएको उक्त घटनामा मृतक मियाँ र सिराह मिर्चैयाका १२ वर्षीय मोहम्मद आशिक आपसमा खेल्दै गर्दा आशिकले समातेको चक्कु मियाँको देब्रे छातीमा (मुटुमै) रोपिन गई गम्भीर घाइते भएका थिए । खेल्दै गरेका विद्यार्थीका हातमा चक्कु कसरी पुग्यो वा पहिलानै योजनाबद्ध घटना भएको हो प्रहरीले खुलाएको छैन । मदरसाले पनि घटनाको बारे जानकारी गराएको छैन ।

घाइते अवस्थामा उपचारको लागि भारतको लखनउ पुराइएको मियाँको १३ जेठ राति १० बजे उपचारको क्रममा मृत्यु भएको बताइएको छ । प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, ‘उपचारको क्रममा मियाँको १३ जेठ राति १० बजेनै मृत्यु भएको रहेछ । प्रहरीलाई १४ जेठा बिहान मात्र जानकारी भयो।’ 

उनले घटनामा सम्लग्न आशिक प्रहरी नियन्त्रणमा रहेको र मृतकको शव लखनउबाट नेपालगञ्ज ल्याएको र भेरी अस्पतालमा पोष्टमार्टमको लागि राखिएको बताए । उनले भने, ‘मृतकको परिवार र आफन्त नेपालगञ्ज पुगिसक्नु भएको छ । पोष्टमार्टम गरेर शव आफन्तको जिम्मा लगाउने र आफन्तबाट किटानी जाहेरी लिएर प्रहरी अनुसन्धान अघि बढाइने छ ।’ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यातायात मन्त्रालयले मापदण्डविपरीतका सवारीसाधनलाई रोक लगाउँदै शिक्षकसँगको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी गर्न माओवादीको माग शिक्षकका मागअनुरुप विद्यालय शिक्षा ऐन पारित गर्न कांग्रेसको माग राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलमलाइ राप्रपा को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइफोन १७ को डिजाइनमा ठूलो परिवर्तन हुने प्रधानमन्त्री ओलीद्वारा वरिष्ठ पत्रकार रिसालको निधनप्रति दुःख व्यक्त सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले राष्ट्रपति भवन नजिकै धर्ना दिए ७ प्रतिशत ब्याजदरमा एनआईसी एसिया बैंक लिमिटेडको ऋणपत्र बिक्री खुल्ला सिकार गर्न हिँडेका भरुवा बन्दुकसहित २ जना पक्राउ, १ जना फरार आलुको मूल्य कति छ ? काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूले तलब पाए बसको ठक्करबाट काठमाडौँमा उपचार गरेर फर्कँदै गरेका पुरुषको निधन नेपाल बार निर्वाचनको मतगणना १२ बजेदेखि सुरु हुने देशभरका शिक्षक, कर्मचारीहरुले आज कालो मास्क लगाएर मौन जुलुस निकाल्दै रविलाई रूपन्देही अदालत पेस गरिँदै आज मन्त्रिपरिषद् बैठक बस्दै सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ किनबेच ? सांसदसँग रासस संवादः  ‘संविधान संशोधनको लागि सबै दलहरु मिल्नुपर्छ’ सांसद आचार्य यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य