सन्तोषकुमार गुप्ता | साउन १९, देउखुरी | दे Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता | साउन १९, देउखुरी | दे

2026-07-04 12:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

स्थानिय तह पुर्नसंरचना गर्न देउखुरीबासीले दिए यस्तो सुझाव…


सन्तोषकुमार गुप्ता | साउन १९, देउखुरी | देउखुरीको लमहीमा मंगलबार स्थानिय तह पुर्नसंरचना प्राविधिक सहयोग समिती दाङले आयोजना गरेको स्थानिय तह पर्नसंरचना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा देउखुरीको भालुवाङबाट सुझाव दिन पुग्नु भएका राष्ट्रिय जनमोर्चा क्षेत्र नं. २ का इन्चार्ज होमप्रसाद शर्माले देउखुरी उपत्यकाको पुर्नसंरचना गर्दा १ नगरपालिका र ३ गाउँ पालिका बनाउन सुझाव दिनु भयो । उहाँले देउखुरी उपत्यकाको भौगोलिक अवस्था र जनसंख्यालाई अधार मानी ३ गाउँ पालिका र १ नगरपालिका नै उपयुक्त रहेको बताउनु भयो । शर्माले लालमटिया, सिसहनियाँ, हाँसीपुर र गोबरडिहालाई मिलाएर एउटा गाउँ पालिका, गढवा, गंगापरस्पुर र कोईलाबासलाई मिलाईएर आर्को गाउँ पालिका, बेला र राजपुर गाविसलाई मिलाएर आर्को गाउँ पालिका तथा साविकको चैलाही, सोनपुर र सतबरिया गाविस मिलाएर नगरपालिका बनाउँन सुझाब दिनु भयो ।

त्यसैगरी लमही नगरपालिका—६ जखेरातालका लोकमणि बन्जाडेले देउखुरी क्षेत्रको पुर्नसंरचना गर्दा १ नगरपालिका र २ गाउँ पालिका नै उपयुक्त रहेको सुझाब दिनु भयो । बन्जाडेका अनुसार लालमटिया, सिसहनियाँ, हाँसीपुर र गोबरडिहालाई मिलाएर एउटा गाउँ पालिका, गढवा, गंगापरस्पुर, कोईलाबास, बेला र राजपुर गाविसलाई मिलाएर आर्को गाउँ पालिका तथा साविकको चैलाही, सोनपुर र सतबरिया गाविस मिलाएर नगरपालिका बनाउँन सुझाब दिनु भयो । त्यस्तै नेकपा एमालेका रतनकुमार श्रेष्ठले रातीवारी लालमटिया, सिसहनियाँ, सोनपुर, चैलाही र सतबरियालाई मिलाएर एउटा नगरपालिका तथा रातीपारी गोबरडिहा, गंगापरस्पुर, गढवा, कोईलाबास, बेला र राजपुर गाविसलाई मिलाएर गाउँ पालिका बनाउँदा नै उपयुक्त हुने सुझाब दिनु भयो । त्यसैगरी आरबी थापाले देउखुरीलाई उपमहानगरपालिका बनाउँदा नै देउखुरकिो विकास तीब्र गतिमा हुने सुझाब दिनु भयो । त्यस्तै गोबरडिहा—१ कालाकाटेबाट अन्तरक्रियामा सहभागी हुनु भएका हरिप्रसाद सुवेदीले राती नदीलाई सिमाना नबनाई राप्ती नदी वारी—पारीलाई मिलाएर गाउँ पालिका  तथा नगरपालिका बनाउँदा समग्र देउखुरीको विकासमा टेवा पुग्ने बताउनु भयो । उहाँले देउखुरी उपत्यकामा २ गाउँ पालिका र १  नगर पालिका नै उपयुक्त रहने सुझाब व्यक्त गर्नु भयो ।    अन्तरक्रिया कार्यक्रममा सुझाब दिन सहभागी हुनु भएका अधिकांश देउखुरीबासीले स्थानिय तहको पुर्नसंरचना गर्दा देउखुरीमा १ नगरपालिका २ गाउँ गाउँ पालिका नै उपयुक्त रहेको सुझाब दिनु भएको छ । 

नयाँ पुर्न संरचना गर्दा २०६८ को जनगणा अनुसार गाउँपालिका हुन ५० हजार जनसख्या र नगरपालिका हुन ७५ हजार जनसख्या हुनुपर्ने मापदण्ड अनुसार जनसख्याको आधारमा देउखुरी उपत्यकामा २ गाउँपालिका र १ नगरपालिका हुनुपर्नेमा सहभागीहरु जेड थियो । नयाँ संबिधान कार्यान्वयनका लागि थालिएको स्थानीय तह पुर्नसंरचना निर्माणको छलफलका क्रममा आ—आफ्नो राय सुभाब दिन देउखुरी उपत्यकाका दुर—दराजबाट समेत नागरिकहरु बस रिर्जभ गरेरे कार्यक्रममा सहभागी भएका थिए । स्थानीय तहलाई कसरी ब्यबस्थीत बनाउने भन्ने सवालमा नागरिकको चासो बढेसगै मंगलवार लमहीमा आयोजित कार्यक्रममा देउखुरी उपत्यकाका ९ गाबिस र १ नगरपालिकाका स्थानिय राजनितिकदल, बिभिन्न क्षेत्रमा क्रियाशिल बौद्धिक ब्यक्तित्व, लगायत अन्य सरोकारवाला निकायका सबै तह र तप्काका ब्यक्तिहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा सहभागीहरुलाई बस्ने स्थानको सकस भएपछि कार्यक्रम एक स्थानमा भने पनि सहभागीको चाप अनुसार बेग्लै स्थानमा गर्दा पनि सहभागीहरुले सहजरुपमा आफ्ना सुझाब दिन स्थान अभाबका कारण सकस भएको दुखेसो गरेका थिए । जिल्ला बन अधिकृत नबराज काफ्लेको सभापतित्व तथा  जिल्ला विकास समिती दाङका स्थानिय विकास अधिकारी रमेश गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न अन्र्तक्रिया कार्यक्रमको सहर्जीकरण सुचना अधिकृत कृष्ण केसीले गर्नुभएको थियो । भने स्वागत मन्तव्य सदस्य सचिब तथा जिल्ला विकास समिती दाङका योजना अधिकृत बासुदेब आचार्यले गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो