सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । विकास निर्माण देखि हरेक क्रियाकलापमा दाङले देउखुरीलाई उपेक्षा गरेको आइतवार सिसहनियाँ ३ भा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । विकास निर्माण देखि हरेक क्रियाकलापमा दाङले देउखुरीलाई उपेक्षा गरेको आइतवार सिसहनियाँ ३ भा"/>
2026-09-19 02:23 PM
दाङ्ग - DNG

देउखुरीको भानपुरमा सुशासन विषयक गोलमेच छलफल

सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । विकास निर्माण देखि हरेक क्रियाकलापमा दाङले देउखुरीलाई उपेक्षा गरेको आइतवार सिसहनियाँ ३ भानपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् । 

साझेदारी विकास परियोजनाले आयोजना गरेको सुशासन विषयक गोलमेच छलफल कार्यक्रममा बोल्ने सहभागी वक्ताहरुले यस्तो गुनासो गरेका हुन् । साथै उनीहरुले गाविसले योजना छनौटका क्रममा समिति व्यक्तिहरुलाई बोलाई योजना छनौट गर्दा वास्तविक लक्षित वर्गले कार्यक्रम छान्न नपाएको समेत गुनासो गरेका थिए ।

यसैबीच सहभागीहरुले जिल्ला विकास समितीले देउखुरीबाट माग भई गएका योजना छनौटमा कन्जुसाई गरेको आरोप समेत लगाएका छन् । कार्यक्रममा स्थानीयहरुले उठाएको जिज्ञासाको जवाफ दिदै स्थानीय विकास अधिकारीले ईलाका स्तरको गोष्ठीबाट माग भई आएको योजनामा जिल्लाले कन्जुसाई नगरी समान व्यवहार गरेको बताउँदै ईलाकाबाट माग भई आएका योजनाको बजेट छुट्याउने गरेको प्रष्ट पार्नु भयो । 

त्यसैगरी सिसहनियाँ गाविस सचिव मंगलप्रसाद चौधरीले योजना छनौट प्रक्रियामा सम्पूर्ण वर्गहरुलाई समेटेर लगेको र सुचनाको सन्र्दभमा समेत कुनै कमी नरहेको बताउनु भएको छ । 

अहिले सम्म सवै जातजाती भाषाभाषी, लक्षित वर्ग र वडाहरुलाई समान व्यवहार गरेको प्रष्ट पार्नु भयो । कार्यक्रममा स्थानीय नागरिकहरु शनिराम चौधरी, प्रेमा चौधरी, जगदम्बा चौधरी, रविता चौधरी, चन्द्रकला परियार, आशाराम चौधरी, तारा घिमिरे, विमला चौधरी, सिर्जना शर्मा र राजनितिक दलहरुबाट नेपाली काँग्रेसका भिमलाल चौधरी, नेकपा ऐमालेका खिमबहादुर केसी, नेकपा माओवादी केन्द्रका शान्तराज शर्मा, राष्ट्रिय जनमोर्चाका माधवप्रसाद आचार्य र थरुहट तराईपार्टीका पाटेश्वरीप्रसाद चौधरी लगायतका वक्ताहरुले गुनासो तथा सुझाव राख्नु भएको थियो । 

५० जना भन्दा बढी स्थानीयहरुको सहभागीता रहेको कार्यक्रमको सञ्चालन प्रकाश लामिछानेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो