९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ

२६ पुष २०८१, शुक्रबार ०८:४०

बुटवल । रुपन्देहीमा अदालतको फैसलापछि पनि फरार रहेका विभिन्न मुद्दाका १२ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतमा रहेका विभिन्न प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ का जितबहादुर पाईजा र प्रकाश मल्ल, रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ का रतनअहिर यादव, कोटहीमाई गाउँपालिका–३ का बिक्रमादेवी मिश्रा, रमा शंकर मिश्रा र शिवशंकर मिश्रा, कोटहीमाई गाउँपालिका–५ का कन्हई प्रसाद गडेरिया छन् ।

त्यस्तै, रोहिणी गाउँपालिका-३ का शिवशंकर कुर्मी, प्रेमप्रसाद कुर्मी, पुजारी कुर्मी र सन्दीप कुर्मी र सिद्धार्थनगर नगरपालिका–४ का राधेश्याम अहिर पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, पक्राउ परेका प्रतिवादीहरूमाथि बैंकिङ कसुर, चोरी, लेनदेन, अंशबन्डा, सवारी ज्यान, जालसाजी र कर्तव्य ज्यान मुद्दामा रुपन्देही जिल्ला अदालतले विभिन्न मितिमा कैद तथा सजायको फैसला गरेका रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता