२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

गठबन्धनले हामीलाई केही फरक पर्दैन- बाबुराम भट्टराई

२०७९, १४ बैशाख बुधबार १२:०४

वैशाख १४, बुटवल | स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिकाका लागि एमालेबाट बाबुराम भट्टराईले मेयरमा उम्मेदवार दिएका छन् । यहाँ एमालेले राष्ट्रिय जनमुक्तिलाई ११ वटा वडा सदस्य दिएर तालमेल गरेको छ । उनै मेयरका आकांक्षी भट्टराईसँग न्युज कारखानाका लुम्बिनी प्रदेश  संयोजक लक्ष्मण पौडेलले निर्वाचन केन्द्रित भएर गरेकाे कुराकानी :

चुनावी अभियान कस्ताे भइरहेकाे छ ?

हामीले मंगलबारदेखि औपचारिक रुपमा चुनावी अभियान सुरु गरेका छौँ । कार्यकर्ताहरूमा जुन खालको उत्साह, उमंग र सक्रियता छ त्यसले निकै उत्साहित बनाएकाे छ । समय कम भएकाले सबै मतदाताको घरमै जान नसकिने भयो । वडाका उम्मेदवारहरू सबैकाे घरदैलोमा पुग्नु हुनेछ । हामी (मेयर र उपमेयर) चाहीँ बुटवलमा रहेका २९९ वटा टोलमा पुग्ने योजना छ । 

तपाईले जित्ने आधार के हाे ?

चुनाव मैले भन्दा पनि एमालेले जित्ने हो । एमालेले गरेकाे कामले मैले जित्ने हाे । एमाले पार्टीको प्रतिनिधिको रुपमा म उपमहानगरपालिकामा जाँदै छु । यस्तै यहाँ हाम्रो बलियो संगठन पनि छ । अर्कोतर्फ बुटवलका मतदाता निकै सचेत छन् । उनीहरूले योग्यता, क्षमता र दक्षताका आधारमा पक्कै पनि व्यक्तिको मूल्यांकन गर्नेछन् । 

बुटवलको विकासका लागि तपाईका योजना के के छन् ?

संविधानले संघ, प्रदेश र स्थानीय तहलाई  छुट्टाछुट्टै अधिकार दिएको छ । स्थानीय तहलाई दिएको शिक्षा, आधारभूत स्वास्थ्य, पर्यटन, कृषिलगायत गतिविधिका कुरालाई हामीले प्राथमिकता दिने छौँ । भौतिक पूर्वाधारदेखि लिएर बुटवलमा धेरै काम अगाडि बढेका छन् । ती अपुरा कामलाई हामीले सम्पन्न गर्नुपर्ने छ ।

अर्को महत्वपूर्ण कुरा भनेको  बुटवलको सुकुम्बासी समस्या पनि समाधान गर्नुपर्ने छ । उनीहरूले लालपुर्जा पाउने सुनिश्चित भैसकेको अवस्थामा सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेकाले लालपुर्जा पाउन सकेनन् । बुटवल उपमहानगरपालिकाले सुकुम्बासीको पहिचान गरेर निस्सा दिने काम गरेको  छ । त्यो निस्साको आधारमा हामीले उनीहरूलाई लालपुर्जा दिने छौं ।

ज्योतिनगरको चुरेको पहिरोको व्यवस्थान गर्ने योजना बनाएकाे छु । यसका लागि ठूलो बजेट खर्चिनु पर्ने भएकोले केन्द्रीय सरकारसँग समन्वय गर्ने छौँ । शिक्षाको नीतिगत सुधारका कामलाई निरन्तरता दिँदै सामुदायिक विद्यालय सुधार अभियानलाई प्राथमिकता राख्ने छौं ।

यसैगरी, सडक बालबालिका र सडक मानव बुटवलमा हुने छैनन् । खानेपानीको समस्या समाधान गर्नेछौँ । स्वास्थ्यको क्षेत्रमा पनि हरेक वडामा अधारभूत स्वास्थ्य सेवा पुगेको छ । हामी त्यसलाई सुधार गर्नेछौं । ठाउँठाउँमा स्वास्थ्य सेवा पुर्याउने हाम्रो योजना छ ।

बुटवलको मुख्य सडक वर्षाैदेखि धुलाम्मे छ, संघीय सरकारको क्षेत्राधिकारमा पर्ने यो सडक निर्माणमा तपाईको योजना छ कि छैन ?

यो सडक संघीय सरकारको क्षेत्राधिकारमा पर्ने भएकाले उसैले बनाउनु पर्थ्याे । तर, लामो समयदेखि अलपत्र छोड्दा प्रदुषणका कारण नागरिकको स्वास्थ्य बिग्रिएको छ भने यात्रुले सास्ती  भोगिरहेका छन् । ठेकेदारको म्याद आगामी असार मसान्तसम्म छ भन्ने सुनेको छु । संघीय सरकारसँग कुरा गरेर सडक निर्माणका लागि अघि बढ्ने मेरो प्रयत्न हुनेछ । संघ सरकारले बनाएन भने बुटवल उपमहानगरकै बजेटबाट भए पनि सडक बनाउने दिशातर्फ मेरो भूमिका हुनेछ ।

सत्ता गठबन्धन एमालेका लागि कत्तिको चुनौतीपूर्ण छ ?

यो गठबन्धनले हामीलाई केही फरक पर्दैन । यसअघि पनि कांग्रेस, माओवादी र जनमुक्ति पार्टीको गठबन्धन थियो । गठबन्धन हुँदा पनि एमाले एक्लैले ०७४ सालको चुनाव जितेको थियो । पछि नेकपा भइसकेपछि माओवादीबाट एकीकरणमा आएका साथीहरू एमाले भसकेपछि यतै बस्नुभएको छ । जो फर्किएर जानु भो, उहाँहरू फेरि फर्किएर आइसक्नुभएको छ । माओवादीको ८० प्रतिशत हिस्सा एमालेमा छ । नेकपा एसको नीति आफूले जित्नेभन्दा पनि एमालेलाई हराउने छ । एमालेलाई हराएर एकीकरण गर्ने नेकपा एसको नीति छ । अर्कोतर्फ यसपटक हामीलाई राष्ट्रिय जनमुक्तिको पनि साथ छ । त्यस्तै, बुटवल एमालेको बलियो संगठन भएको क्षेत्र हो, त्यसकारण एमालेले हार्ने भन्ने सोंचेकै छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी