२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

८ क्वीन्टल चिनीसहित दुई जना पक्राउ

२०७९, ३१ जेष्ठ मंगलवार ०२:३४

जेठ ३१, बुटवल | आठ क्वीन्टल चिनीसहित दुई जना रुपन्देहीबाट पक्राउ परेका छन् । सोमबार राति करिब १० बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ भच्कैयाबाट उनीहरु पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर २ का २२ वर्षीय मिनबहादुर रास्कोटीलाई पक्राउ गरेको हो ।

सालझण्डीबाट पाल्पातर्फ जाँदै गरेको लु ३ च ११३३ नम्बरको बलेरो पिकअपमा भन्सार राजश्व छलेर ल्याएको आठ क्वीन्टल चिनी फेला पारी बरामद गरिएको प्रहरी निरीक्षक मरासिनीले जानकारी दिए । बरामद गरिएको उक्त चिनी रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर १ हात्तीबजारस्थित सुमन पन्तले सञ्चालन गरेको आरती किराना पसल तथा सावित्री ट्रेडर्सबाट ल्याएको बताएपछि आरती किराना पसलमा गई खानतलासी गर्दा भन्सार छली गरी लुकाई राखिएको अवस्थामा थप तीन क्वीन्टल चिनी बरामद भएको प्रहरीले जनाएको छ । 

प्रहरी निरीक्षक मरासिनीका अनुसार बरामद गरिएको एकलाख एकहजार दुईसय रुपियाँ बराबरको जम्मा ११ क्वीन्टल चिनी भन्सार चलान गरी किराना पसलका सञ्चालक पन्त र गाडी चालकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ ।

त्यस्तै प्रहरीले सोही किराना पसलमा खानतलासी गर्दा पाँच  केजी र एक केजी प्याकेटमा प्याकिङ गरिएको अवस्थामा रहेको १३७ केजी इन्डिया गेट वास्मती चामल, म्याद गुज्रिएका ३२ प्याकेट हट एण्ड सिप चाउचाउ, ६०० मिलिलिटरका माउन्टेन ड्यू बोत्तल चारवटा समेत जफत गरेको प्रहरी निरीक्षक मरासिनीले जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल