१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

आरोपित डिएसपी ठगबहादुरलाई हिरासतमा नराखी एसपीको निवासमा सत्कार

१२ पुष २०७९, मंगलवार ०५:४९

पुस १२, रुपन्देही | इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले घुस बार्गेनिङमा पक्राउ गरे पनि जिल्ला प्रहरी कार्यालयले उनलाई हिरासतमा नराखी सत्कार गरेर राखेको छ ।  

डिएसपी केसीले बुटवलका एक व्यापारीसँग ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाइ पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि अनुसन्धानका लागि सिआईबीको टोली खटिएको थियो । बरामद भएको सुन मुद्दा प्रक्रियामा नलगी घुस बार्गेनिङ गरेर पक्राउ परेका केसीलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी रविन्द्र रेग्मीले पाहुना कक्षमा सुत्ने र खाने व्यवस्था मिलाइएका छन्र । डिएसपी केसी मुद्दाका अभियुक्त हुन् । उनलाई हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाउनुपर्ने हो । तर, रेग्मीले आफ्नै निवासमा पाहुनालाई सत्कार गरेर राखेको प्रति जिल्ला प्रहरी कार्यालयका प्रहरी आश्चर्यमा छन् ।

‘यस्तै खालको मुद्दामा तल्लो तहका प्रहरी परेको भए अरु अभियुक्तसगैं साँघुरो र चिसो हिरासत कक्षमा राखिन्थ्यो तर डिएसपीलाई निवासमा राखेर सत्कार गरिएको छु, जिल्ला प्रहरी कार्यालयमा रहेका एक प्रहरीले भने ।

केसीलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले आइतबार साँझ बुटवलस्थित निवासबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता एसपी कमल थापाले सिआइवीको टोलीले जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको बताए । अब उनी जिल्ला प्रहरीको हिरासतमा रहने र थप अनुसन्धानको काम जिल्ला प्रहरी कार्यालयले अघि बढाउने थापाले बताए ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी रेग्मीले डिएसपी केसी हिरासतमा नभई नियन्त्रण र निगरानीमा रहेको जिकिर गरे । डिएसपी केसीले बुटवलका एक व्यापारीसँग ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रया अघि नबढाइ पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि अनुसन्धानको लागि सिआईबीको टोलीले खटिएको थियो । उनको निवासबाट ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक र ३५ तोला सुन बरामद भएको छ । ‘नगद पाए सुन फिर्ता गर्ने सहमति भएको रहेछ, उनले सुन फिर्ता गर्न नपाउँदै नियन्त्रणमा परे,–अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।

उनी केही दिन अघि यहाँबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका थिए । उनी सोमबार रमाना लिएर जादै थिए । रमाना लिनु अघि नै उनी अनुसन्धान टोलीको नियन्त्रणमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड