१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

दुई वर्षीया छोरीको हत्या गरी खोलामा फाल्ने आमा पक्राउ

९ बैशाख २०७९, शुक्रबार ०६:५१

 वैशाख ९, सप्तरी | कर्तव्य ज्यान मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हनुमाननगर कंकालीनी नगरपालिका–७ बस्ने रानी देवी मण्डल रहेकी छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ गते उनलाई २० वर्ष कैद सजाया सुनाएको थियो । त्यसपछि उनी फरार रहेकी थिइन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले राजगढ गाउँपालिका–५ मलेखपुर गाउँबाट लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

आफ्नी २ वर्षीया छोरी प्रमिला मण्डललाई २०७३ साउन १२ गते दिउँसो हत्या गरी हनुमानगर राजबिराज सडकको खाडो खोलामा आएको बाढीमा फालेर बेपत्ता पारेको मुद्दामा उनलाई अदालतले दोषी ठहर गरेको थियो ।

उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय राजबिराज पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल