२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको लेकम गाउँपालीकालाई बिभाजन नगर्न आयोगको ध्यानआकर्षण

२०७४, २४ श्रावण मंगलवार ०७:०९

लोकेन्द्र प्रसाद जोशी/साउन २४, दार्चुला । दार्चुला जिल्लालाइ संघिय निर्बाचनकालागी पुरै जिल्लालाइ एक निर्बाचन क्षेत्र र प्रान्तीय निर्बाचन प्रयोजनकालागी २ ओटा निर्बाचन क्षेत्रमा बिभाजन गर्ने लगभग निश्चित जस्तै छ ।

यसअघि गत २०४८ सालको निर्बाचनमा दार्चुला जिल्लामा २ ओटा निर्बाचन क्षेत्र हुदा बर्तमान लेकम गाउँपालीकाका ४ ओटा साबिकका गाबिसमध्ये रिठाचौपाता र सर्मोली गाबिस एउटा क्षेत्र र खरकडा र लाली अर्को क्षेत्रमा रहेकोले अहिले सिमाकंन परिमार्जन गरी पुरै गाउँपालीका एउटै क्षेत्रमा हुनुपर्ने माग स्थानियले गरेका छन ।

पुरानो सिमाकंन अबैज्ञानिक र अब्यबहारीक रहेको भन्दै हालपनि पुरानै इतिहासलाइ नजिर बनाइ सिमाकंन गर्ने प्रयास नगर्न जनदबाबको आधारमा जनप्रतिनिधिहरुले निर्बाचन क्षेत्र निर्धारण आयोगलाइ आग्रह गरेका हुन ।

लेकम गाउँपालीकालाइ पुरानै संरचनाअनुसार बिभाजन गरेर क्षेत्र नम्बर १ र २ राख्ने कार्य अब्यबहारीक, अबैज्ञानिक, पिडादायी एब. स्थानिय नागरीकको जनभाबना बिपरित हुने भन्दै  गाउँपालीका टुक्राउँने प्रयास नगर्न लेकम गाउँपालीका र छिमेकी गाउँपालीकाका जनप्रतिनिधिहरु साथै सम्पुर्ण राजनीतिक दलका प्रतिनिधिहरुले संयुक्त रुपमा निर्बाचन आयोगलाइ जिल्ला प्रसासन कार्यालय दार्चुला मार्फत ध्यानआकर्षण गराएका छन ।

यसअघि गत बुधबार लेकम गाउँपालीकाका जनप्रतिनिधिहरुको बैठकले समेत निकट भबिष्यमा हुने भनिएको प्रादेशिक निर्बाचनमा लेकम गाउँपालीकालाइ बिभाजन गर्न नहुने निर्णय गरेका थिए ।

जनभाबना र आबश्यकता बिपरित आयोगले सिमाकंनको निर्णय गरेमा कडा आन्दोलनमा उत्रिने लेकमबासी नागरीकले चेतावनि समेत दिएका छन ।

भगौलीक निरन्तरता, सुगमता र एकरुपता, धार्मीक, सास्कृतिक र भगौलीक भाषिक सम्बन्ध, बन बनस्पति र जल जलासय समेत मिलेको आधारमा लेकम गाउँपालीका, मालिकार्जुन गाउँपालीका, महाकाली नगरपालीका र दुहु गाउँपालीकालाइ एउटा क्षेत्र र अपिहिमाल गाउँपालीका, मार्मा गाउँपालीका, शैल्यसिखर नगरपालीका र नौगाड गाउँपालीका गरी ४ ओटा स्थानिय तहलाइ अर्को निर्बाचन क्षेत्र रहने गरी सिमाकंन गर्नुपर्ने सुझाब समेत पेश गरीएको लेकम गाउँपालीका अध्यक्ष प्रमानन्द जोशीले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम