२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

चिया पकाउन ढिलो गरेको भन्दै घाँटी थिचेर पत्नीको हत्या

१८ श्रावण २०८०, बिहीबार ०६:०६

एजेन्सी | छिमेकी देश भारत मध्य प्रदेशको ग्वालियरमा एक व्यक्तिले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् ।

समाचार अनुसार पत्नीले चिया पकाउन ढिलो गरेको भन्दै ती युवकले आफ्नै पत्नीको हत्या गरेका हुन् । यसबाट रिसाएर श्रीमानले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । घटनाको जानकारी पाउनासाथ घटनास्थलमा पुगेको प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा महिलाको औँला र शरीरमा लागेको निशानबाट हत्या नै भएको हो । आरोपित श्रीमानलाई हिरासतमा लिएर कडाइका साथ सोधपुछ गरिएको छ । घटना सहरको विश्व विद्यालय प्रहरी चौकी क्षेत्र अन्तर्गतको थाटीपुर गाउँमा भएको हो । स्थानीय मोहित रकम भन्ने युवकले आफ्नी २२ वर्षीया पत्नी साधना रजकलाई चिया ढिलो पकाएको विषयमा भएको विवादमा सुरुमा पत्नीमाथि कुटपिट गरेर अन्त्यमा घाँटी थिच्दै नृशंस तरिकाले हत्या गरेका हुन् ।

युवकले प्रहरीसमक्ष अपराध स्वीकार गरिसकेको बताइएको छ । उनीहरुबीच सन् २०२१ मा बिहे भएको थियो । ती युवकमाथि हत्याको अभियोगमा मुद्दा दर्ता गरिएको हाल हिरासतमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता