२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

महिलाले २० मिनेटमा पिइन् यति लिटर पानी, तत्काल मृत्यु

२१ श्रावण २०८०, आईतवार ०७:५६

साउन २१, काठमाडौँ | पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । पानी पिउँदा शरीरका सबै विषाक्त पदार्थ बाहिर निस्कन्छ । कुनै पनि व्यक्तिले दिनभरिमा २ देखि ३ लिटर पानी पिउनुपर्छ भनिन्छ । तर कहिलेकाहीँ आवश्यकताभन्दा बढी पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । हालै एक महिलामाथि यस्तै भएको छ । एश्ले समर्स नामकी यी महिलाको अचानक एक विकेन्ड ट्रिपका क्रममा मृत्यु भयो । ३५ वर्षकी एश्ले आफ्ना श्रीमान्, ८ र ३ वर्षका दुई छोरीसँग दुई दिनका लागि विकेन्डमा बाहिर गएकी थिइन् । अन्तिम दिनमा उनी अचानक बिरामी भइन् ।


एश्लेका भाइ डेभोन मिलरले wrtv.com सँग गरेको कुराकानीमा एश्लेको सामान्य दिनमा पनि धेरै पानी पिउने बानी भएको जानकारी दिए । अमेरिकी राज्य इन्डियानको भ्रमणका बेला उनले बोटिङ गरिन् । भ्रमणका बेला एश्लेलाई डिहाइड्रेसनको समस्या हुन थाल्यो, मौसम गर्मी थियो । यसै कारण उनलाई लगातार टाउको दुखिरहेको थियो । त्यसैले शरीरलाई हाइड्रेट गर्नका लागि एश्लेले केही मिनेटभित्र लगभग दुई लिटर पानी पिइन् । जानकारीका अनुसार एश्लेले २० मिनेटभित्र ४ बोतल पानी पिइन् । ती बोतलमा आधा लिटर पानी थियो । साधरणतया यति पानी पिउन कोही व्यक्तिलाई दिनभरिको समय लाग्छ ।

वाटर टक्सिसिटीका कारण भयो मृत्यु

यति पानी पिएपछि एश्ले अचानक ढलिन्, त्यसपछि उनलाई तुरुन्त अस्पताल लगियो र आइसियुमा भर्ना गरियो । तर त्यहाँबाट उनी कहिल्यै फर्किएर आइनन् । अस्पतालले एश्लेको अचानक मृत्युको कारण वाटर टक्सिसिटी बताएको छ ।

परिवारले बताए अनुसार एश्लेको दिमाग सुन्निएका कारण शरीरको अङ्गमा रगतको आपूर्ति बन्द भएको थियो । वाटर टक्सिसिटीको समस्या हुन त निकै दुर्लभ मानिन्छ तर कोही व्यक्तिले आवश्यकताभन्दा बढी पानी कम समयमा पिएको खण्डमा यस्तो हुन्छ । कम समयमा धेरै पानी पिउँदा यसमा भएका इलेक्ट्रोलाइट्स रगतमा घोलिने गर्छ । यसको लक्षणको कुरा गर्ने हो भने मानिसलाई बान्ता हुने, टाउको दुख्ने हुन्छ । यसका साथै भ्रमित हुने, थकाइ लाग्नेलगायतका समस्या पनि देखिन्छन् ।

एश्लेका भाइले उनले पानीको साटो अरू केही पिएको भए वा बिस्तारै–बिस्तारै पानी पिएको भए उनी जिउँदो हुन्थिन् कि भन्ने आशा राखेका छन् । उनी केही वर्षदेखि डे केयर सेन्टरमा काम गरिरहेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै