२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

विचित्र प्रतियोगिता: अल्छीको उपाधि जित्नका लागि २० दिनदेखि सुतिरहेका छन् प्रतिस्पर्धीहरु, जित्नेलाई डेढ लाख रुपैयाँ

२०८०, २६ भाद्र मंगलवार ०९:३८

एजेन्सी | उत्तरी मोन्टेनेग्रोस्थित रिसोर्टले भरिएको गाउँ ब्रेजनामा बर्सेनि एक विचित्र प्रतियोगिता हुन्छ । त्यहाँ मानिसहरु सबैभन्दा अल्छी नागरिकको प्रतिष्ठित उपाधि जित्नका लागि तछाडमछाड गर्दछन् । यो पटकको १२ औँ संस्करणको प्रतिस्पर्धामा सातजना अल्छीहरुले भाग लिएका छन् ।

एक हजार युरो पुरस्कार जित्नका लागि प्रतिस्पर्धा गरिरहेका सहभागीहरु २० दिनदेखि गुन्द्रीमा सुतिरहेका छन् र दिन कटाईरहेका छन् ।

 

ती सहभागीहरुले गत वर्षको ११७ घण्टाको रेकर्ड तोडिए पनि अझै बढीभन्दा बढी समयसम्म सबैभन्दा अल्छी बनेर यसैगरी पल्टिरहन चाहन्छन् र पुरस्कार जित्न चाहन्छन् ।

एकजना प्रतियोगी २३ वर्षीय फिलिप कनेजेविक यो पाला आफूले प्रतियोगिता जित्ने दाबी गर्दछन् ।

उनी भन्छन्, ‘हामीसँग आफूलाई चाहिने सबै कुरा यहाँ छन् । उपस्थित मानिसहको साथ गज्जबको छ, त्यसैले समय तीव्र गतिमा बितिरहेको छ ।

यो अल्छी प्रतियोगितामा उठ्न पाइँदैन र हरेक ८ घण्टामा १० मिनेटको बाथरुम छुट्टी पाइन्छ ।

प्रतिस्पर्धीहरुले खाने, पिउने, पढ्ने तथा फोन र ल्यापटप प्रयोग गर्न पनि पाउँछन् । तर उनीहरुले यी सबै काम सुतेरै गर्नु पर्दछ ।

प्रतियोगिताका आयोजक तथा रिसोर्ट मालिक रेडोन्जा ब्लागोजेविकका अनुसार मोन्टेनेग्रोका मानिसहरु अल्छी हुन्छन् भन्ने आम धारणालाई चिर्नका लागि १२ वर्षअघिबाट उक्त प्रतियोगिता गर्न सुरु गरिएको हो ।

यो पटकको प्रतियोगितामा सुरुमा २१ जना प्रतिस्पर्धी रहेकोमा सात जनामात्र बाँकी छन् । उनीहरु ४६३ घण्टादेखि पल्टिरहेको आयोजक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ