२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

रक्सी पिउने प्रतियोगिता: इनाम पाउने आशामा छिटो पिउँदा गयो ज्यान

२०८०, १७ आश्विन बुधबार १०:४५

असोज १७, काठमाडौँ | आजकाल वर्क कल्चर निकै फेरिसकेको छ । यस्तोमा अफिसमा यस्ता विभिन्न प्रतियोगिता हुन्छन् जसले कर्मचारीका लागि काम गर्ने माहौल राम्रो बनाउँछ । कर्मचारीका लागि खेलकुद, क्रियाकलाप, गीत सङ्गीतको पनि व्यवस्था मिलाइन्छ । कर्मचारीलाई प्रेरित गर्न यसमा विभिन्न खालका इनाम पनि राखिन्छन् जुन पाउनका लागि मानिसले सक्दो प्रयास पनि गर्छन् । 

छिमेकी देश चीनमा पनि यस्तै घटना भएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनको गुआङ्डङ प्रान्तमा अवस्थित शेनजेन सहरमा एक कर्मचारीले अफिसको प्रतियोगिता जित्न आफ्नो ज्यानको बाजी नै लगाए । सुन्दा अचम्म लाग्ला प्रतियोगिता रक्सी पिउने थियो । जसले छिटो रक्सी पिउन सक्थ्यो, उसैले बाजी मार्थ्यो । 


छिटो रक्सी पिउने प्रतियोगिता

रिपोर्टका अनुसार यो घटना जुलाईको हो । एउटा कम्पनीले कर्मचारीका लागि एक डिनर कार्यक्रम आयोजना गरेको थियो । यसमा कम्पनीका बोसले रक्सी पिउने प्रतियोगिता राखे जसमा जित्नेले २० हजार युआन अर्थात् २ लाख ५९ हजार रुपैयाँ पाउँथे । 

जाङ थर भएका कर्मचारीले सबैभन्दा धेरै रक्सी पिएका थिए । याङ थर भएका बोसले पुनः अर्को प्रस्ताव राखे । जाङभन्दा बढी पिउनेलाई ५००० युआन थप दिने घोषणा बोसले गरिदिए । सुरुमा उनको प्रस्तावमा कसैले रुचि देखाएनन् तर बोसले १०,००० युआन थपिदिए पछि अरू कर्मचारी पनि ताते । साथै, जाङलाई कसैले हराउन सकेनन् भने उनले २ लाख ५९ हजार रुपैयाँ पाउने र उनले हारे भने एक लाख बढीको ट्रिट दिनुपर्ने सर्त पनि राखियो । 

कर्मचारीको पिउँदा पिउँदै मृत्यु भयो

त्यसपछि बोस आफैँले जाङसँग प्रतिस्पर्धाका लागि केही मानिस छाने । एक प्रतियोगीका अनुसार जाङले १० मिनेट भित्रै एक लिटर रक्सी पिए । पिउँदा पिउँदै  उनी ढले । उनलाई तत्काल अस्पताल लगियो । त्यहाँ डाक्टरले उनलाई अल्कोहल पोइजनिङ भएको बताए । उनलाई अचानक निमोनिया, हृदयाघात र सफोकेसनको समस्या देखियो । उपचार सुरु गरियो तर ३ अगस्टमा उनको निधन भयो । 

रमाइलो गर्ने उद्देश्यले सुरु गरिएको प्रतियोगिताले कर्मचारीको ज्यान नै लिएपछि कम्पनी बन्द भयो । प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल