३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

आफ्नै विवाहमा बेहुलीसहित चार जनाको हत्या गरी बेहुलाले गरे आत्महत्या

११ मंसिर २०८०, सोमबार १०:०७

मङ्सिर ११, बैंकक । थाइल्यान्डमा एक व्यक्तिले आफ्नै विवाहमा बेहुलीसहित चार जनालाई गोली हानी हत्या गरेका छन् । एक थाई प्याराएथलीट र पूर्व सैनिकले आफ्नो विवाहमा आत्महत्या गर्नुअघि आफ्नी दुलही र अन्य तीनलाई गोली हानेका हुन् । 


प्रहरीका अनुसार २९ वर्षीय चतुरोङ सुक्सुक र ४४ वर्षीया कञ्चना पचुन्थुकले शनिबार उत्तरपूर्वी थाइल्याण्डमा विवाह गरेका थिए । मिडिया रिपोर्टका अनुसार चतुरोङ अचानक आफ्नो विवाह समारोह छोडेर बन्दुक लिएर फर्किएका थिए । त्यसपछि उनले श्रीमती, ६२ वर्षीया आमा र ३८ वर्षीया बहिनीलाई गोली हाने । घटनामा अन्य दुई पाहुनालाई पनि गोली लागेको थियो  । उनीहरूलाई अस्पताल लगे पनि एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रहरीका अनुसार घटनाको समयमा चतुरोङले अत्यधिक मादक पदार्थ सेवन गरेका थिए । तर उनको यस्तो गर्नुको कारण स्पष्ट हुन सकेको छैन। स्थानीय मिडियाका अनुसार पार्टीका पाहुनाहरूले प्रहरीलाई दम्पतीबिच केही विषयमा विवाद भएको बताएका छन् । केहीले आफ्नी श्रीमतीसँगको उमेरको भिन्नतालाई लिएर उनी अलि अप्ठ्यारोमा परेको पनि बताएका छन् ।

चतुरोङ र कञ्चना बिहे गर्नुअघि तीन वर्ष सँगै बसेका थिए । चतुरोङले गत वर्ष इन्डोनेसियामा सम्पन्न आसियान पारा खेलकुदमा पौडीमा रजत पदक जितेका थिए । उनले अर्धसैनिक लाइट फोर्समा पनि सेवामा रहँदा दाहिने खुट्टा गुमाएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट