२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुत्केरीको मृत्यु हुँदा तनाव

३२ जेष्ठ २०७६, शनिबार ०८:१५

जेठ ३२,डडेल्धुरा |  सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ । शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडाकी वर्ष २६ की गीता ताम्राकारको शुक्रबार दिउँसो डडेल्धुरा अस्पतालमा अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो ।

धर्मराज ताम्राकारकी २६ वर्षीया श्रीमती गीताको मृत्यु अस्पतालको लापरवाहीले भएको भन्दै आफन्त प्रदर्शनमा उत्रेका हुन् । चिकित्सकले उपचारमा लापरवाही गरेको भन्दै मृतकका परिवार र आफन्तले अस्पताल, जिल्ला प्रशासन कार्यालय र सडकमा प्रदर्शन गरिरहेका छन् । 

बिहान १० बजेदेखि मृतकका आफन्तले सडक अवरुद्ध पारेका छन् । सडक अवरुद्ध हँुदा तराई–पहाड जाने यात्रु मर्कामा परेका छन् । रक्तस्राब नरोकिएपछि गीतालाई शुक्रबार परिवारले डडेल्धुरा अस्पताल भर्ना गरेको जनाएको छ । शल्यक्रियामै लापरवाही गरेको र समस्या बल्झिँदै जाँदा पनि अन्य अस्पतलमा नपठाइ त्यही राखेको आरोप आफन्तको छ ।

अस्पतालले मृत्तकका आफन्तको आरोप गलत भएको जनाएको छ । गीतालाई १२ पिन्ट रगत दिएर घर पठाइसकेको अवस्थामा उनको मृत्यु भएकाले अस्पतालको लापरवाही भन्नु उचित नभएको अस्पताल प्रशासनको दाबी छ । 

 अस्पतालले आफ्नो बचाउ गरे पनि आफन्तले दोषी चिकित्सकमाथि कारवाही, शिशुको जीवनरक्षा र उचित क्षतिपूर्तिको माग राखेर आन्दोलन गरेका छन् । आक्रोसित आफन्तले अस्पताल परिसरमा ढुङ्गामुढासमेत गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीका अनुसार जिल्ला समन्वय समिति प्रमुख गणेशराज भट्ट, अमरगढी नगरप्रमुख, उपप्रमुख, नेकपा, नेपाली काङ्ग्रेसका नेतासहित मृतकका आफन्तसँग शुक्रबार रातभरिको छलफलपछि आज बिहान तीन बँुदे सहमति भएको थियो । 

घटनाको छानबिन गर्न मन्त्रालयस्तरबाट समिति खटाउने, शव परीक्षण पनि मन्त्रालयस्तरबाट नै फरक चिकित्सक बोलाई गर्ने र नाबालकको जीवन रक्षाका लागि उचित क्षतिपूर्ति दिने सहमति भएको थियो । तर बिहान १० बजे महिला र पुरुषको फरक-फरक जुलुससहित क्षतिपूर्तिको माग राखी सदरमुकाम पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत