ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ब"/>
१ श्रावण २०८२, बुधबार
अछाम - ACM

बिबाह भएको १९ बर्षपछी पतिलाई थाहा भयो.. उसकी पत्नी महिला होइनन्, पुरुष हुन्

१९ असार २०७३, आईतवार ११:५२

बेल्जियम | यस्तो समाचार जो झट्ट सुन्दा पत्याउन गाह्रो छ तर यो समाचार सत्य हो | बेल्जियमका एक व्यक्तिले बिवाह भएको १९ बर्षपछि थाहा पाएकी उसकी पत्नी महिला होइनन्, पुरुष हुन् |

बेल्जियममा बस्ने जेनले १९ बर्ष अघि इन्डोनेशियाकि मोनिका नाम गरेकी एक युवतीसँग दोश्रो बिवाह गरेका थिए, बिवाहपछी जेनले आफ्नी पत्नी मोनिकालाई बेल्जियम लिएर गए | जेनका अनुसार यौन सम्बन्धको अवस्थामा मोनिका सेनिटरी टावेल प्रयोग गर्थिन् | जेनले आफ्नो यौन सम्बन्धलाई त्यति सिरियस रुपमा लिएनन् | जेनको पहिलो बिबाहबाटै दुई बच्चा थिए र मोनिकाले बच्चा नजन्माउने फैसला लिएकी थिईन् |

जेनले बताए अनुसार शुरूमा मोनिकाको व्यवहार ठिकै थियो | पछी हुँदैजाँदा जब मोनिका फुल टाइम जब गर्न थालिन् तब समस्या सुरु भयो | काममा लागेपछी मोनिकाले जेनप्रति गर्ने व्यवहार फेरियो | जेन र मोनिकाबीच झगडा हुन थाल्यो | एकदिन जेनका साथिले उसलाई भने कि मोनिका लिंग परिवर्तित पुरुष हुन् | जेनलाई साथिको कुरामा विश्वास लागेन तर जेनको छोराले पनि मोनिकाको बारेमा यस्तै कुरा सुनाए | एकदिन जेनले मोनिकालाई भने – ‘तिमी एक पुरुष हौ, यो कुराको सत्यता मैले पत्ता लगाएको छु |’

यसपछी मोनिकाले भनिन् ‘म एक पुरुष नै हुँ, पछी मैले आफ्नो लिंग परिवर्तन गरें, तर अब म एउटी महिला हुँ र यसैले मैले यसबारे बताउन आवश्यक ठानिन |’ यो कुरा आफ्नै श्रीमतीबाट सुनेपछी जेनले मोनिकासँग सम्बन्ध बिच्छेद गरे र उनि बिरुद्ध अदालतमा मुद्धा हाले | साथै घटनापछी जेनको मानसिक अवस्था अस्वस्थ भएपछी उनि अहिले मानसिक उपचार गराउँदै छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्यान मार्ने उद्योगमा छ वर्षदेखि फरार आरोपी पक्राउ इन्डोनेसियाका लागि १९ प्रतिशत कर लाग्ने ट्रम्पको भनाइ भालु देखिएपछि जापानको गल्फ प्रतियोगिता पुनः रद्द थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन शाही मानहानिको मुद्दाको बचाउ गर्दै अदालतमा आइसल्यान्डको ज्वालामुखी २०२३ देखि नवौँ पटक विस्फोट हाइकिङसँग जोडिँदै कालाबाङ घरेडी बुद्धउद्यान पदयात्रका लागि उत्कृष्ट गन्तव्य बन्दै ‘बुकीपाटन’ अत्यावश्यक ऐन कानुन बनाउँदा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सिर्जना गर्छ : राष्ट्रपति पौडेल स्वास्थ्य मन्त्री पौडेलको एक वर्ष : दातृ निकायको सहयोग कटौतीले चुनौती २०७२ सालअघि विवाह भएका छोरीले अंश नपाउने : सर्वोच्च अदालतको फैसला वैदेशिक रोजगारीबाट फर्केका युवाले गरे पत्नीको हत्या “भन्छन -घरमा बोलाउँदा नआएपछी हत्या गरे” किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गरेनन् अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति सहयोग याचना पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध बेनीको शिरमा ‘रावण पार्क’ नेपाल-भारत सीमानाका बन्द हुने “‘मिसाइल देऊ, मस्को सिध्याउँछु’ — जेलेन्स्कीको जवाफमा ट्रम्पको उत्साहित”,” रुस भन्छ चिन्ता छैन “ “बिना भिसा, बिना सम्पर्क: गुफामै जीवन बिताउँदै आएकी विदेशी महिला,२छोरीसहित फेला” एमालेले बोलायो सचिवालय बैठक पेट्रोल र डिजेलको मूल्य घट्यो