२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

३२ वर्ष कान्छीसँग प्रेम गर्दा अर्बपतिलाई फसाद, डिभोर्सका लागि पत्नीले मागिन् सबा खर्ब रुपैयाँ

१३ कार्तिक २०७९, आईतवार ०९:४६

एजेन्सी | ६६ वर्षका एक अर्बपति वृद्ध र ३४ वर्षकी एक सेलिब्रेटी युवतीबीचको प्रेम कहानी अहिले चर्चामा छ । वास्तवमा उक्त प्रेम कहानी निकै महँगो डिभोर्सको कारक बन्न पुगेको छ ।

आफ्ना धनाढ्य लोग्नेसँग ३४ वर्षीया युवतीको प्रेमका बारेमा थाहा पाएसँगै अर्बपतिकी पत्नीले डिभोर्स गर्ने निर्णय गरेकी छिन् र त्यसका लागि उनले करिब एक खर्ब ३० अर्ब रुपैयाँ बराबरको रकम माग गरेकी छिन् । उनीहरुको डिभोर्सको प्रक्रिया अहिले चलिरहेको छ ।


४ अर्ब रुपैयाँ बराबरको सम्पत्तिका मालिक अमेरिकी नागरिक जोन पल्सन र स्वास्थ्यसम्बन्धी सेलिब्रेटी एलिना डी अल्मेडाबीचको प्रेम सम्बन्ध झ्यांगिँदै जाँदा जोनकी पत्नीलाई सह्य हुने कुरै भएन ।

न्युयोर्कको म्यानहटनस्थित भव्य महलमा बस्दै आएका जोन र उनकी पत्नीबीच खटपट बढ्दै गएको छ । अझ जोनले आफ्नी प्रेमिका अल्मेडासँग बिहे नै गर्ने र बच्चा जन्माउने मन बनाएपछि उनकी पत्नीले डिभोर्सको विकल्प देखिनन् ।

उनीहरूको सम्बन्ध विच्छेदको प्रक्रिया सुरु भएको छ तर पत्नीले माग गरेको रकमका कारण तत्काल टुंगिने छाँट देखिएको छैन ।

हुन त अल्मेडा आफैपनि व्यवसायी हुन् र मानिसहरुको सन्तुलित भोजनका बारेमा परामर्श दिएर उनले पैसा कमाउने गरेकी छिन् ।

जोनका वकिलका अनुसार पत्नीसँगको डिभोर्सका लागि उनी तयार भएर कानुनी रुपमा दिनुपर्ने रकमभन्दा धेरै दिन सहमत भएका थिए । तर पत्नीले लोभमा फसेर निकै धेरै रकम माग गरेका कारण सम्बन्ध विच्छेदको प्रक्रियामा रोकावट आएको उनको जिकिर छ ।

जोनसँगको डिभोर्सका लागि उनकी पत्नीले १ अर्ब डलर माग गरेकी छिन् । पत्नीका वकिलले भने डिभोर्सका लागि माग गरिएको रकम जायज भएको भन्दै जोनले कम रकममै डिभोर्स गर्न पत्नीलाई अनावश्यक दबाब दिइरहेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने