२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

च्याउको पनि दिमाग हुन्छ, मानिसले झैँ कुराकानी समेत गर्छन्

१५ फाल्गुन २०७९, सोमबार ०६:०२

फागुन १५, काठमाडौँ | वनस्पतीमा पनि प्राण हुन्छ भन्ने कुरा त हामी सबैलाई थाहा छ ।  तर के तपाईँलाई थाहा छ, यसले कुराकानी पनि गर्छन् । वैज्ञानिकका अनुसार च्याउहरुले एकआपसमा मानिसले जस्तै कुराकानी गर्दछन् । च्याउले आफ्नो जरा अर्थात् माइसेलियमको माध्यमबाट आपसमा सञ्चार गर्दछन् । अनुसन्धानका क्रममा च्याउसँग आफ्नो मस्तिष्क हुने र महसुस गर्ने चेतना पनि हुने प्रमाणित भएको छ ।

युनिभर्सिटी अफ वेष्ट इंगल्याण्डका शोधकर्ताहरूका अनुसार च्याउले आफ्नो मस्तिष्कलाई तेज बनाउनका लागि मानिस जस्तै निरन्तर सक्रिय रहेको हुन्छ ।


त्यस्तै क्वीन्सल्याण्ड युनिभर्सिटीले च्याउका विषयमा गरेको पछिल्लो अनुसन्धान हालै जर्नल अफ न्युरोकेमिस्ट्रीमा छापिएको छ । जस अनुसार हेलेसियम रियासिअस नामक च्याउमा एउटा यस्तो प्रोटिन हुन्छ जसले स्नायुको विकासमा काम गर्दछ । उक्त प्रोटिनलाई न्युरोट्रोफिन्स भनिन्छ । उक्त प्रोटिनयुक्त च्याउको सेवनले मानिसको मस्तिष्क विकासमा समेत काम गर्ने वैज्ञानिकहरुको ठहर ।

न्युरोट्रोफिन्सले स्नायुहरुको स्वास्थ्य मजबुत राख्ने काम गर्दछ र त्यसको विकासमा भूमिका खेल्दछ । यो पदार्थ च्याउको जरामा पनि पाइन्छ र एक अर्कासँग जोडिएको हुन्छ । त्यहीँ नै त्यो लगातार विकास भैरहेको हुन्छ जुन प्रक्रियामा मानिससँग मिल्दोजुल्दो हुन्छ । मानिसको सरीरमा पनि न्युरोट्रोफिनले मस्तिष्कको विकासमा अहम भूमिका खेलेको हुन्छ । यसको एउटा विशेष प्रकारलाई ब्रेन डिराइभ्ड न्युरोट्रोफिक फ्याक्टर भनिन्छ जुन बोल्न, सम्झिन तथा निर्णय गर्नमा निकै आवश्यक हुन्छ ।

खान लायक च्याउका प्रजातिहरुमा रहेका प्रोटिनले लगातार न्युरोनको विकासमा भूमिका खेलिरहेका हुन्छन् । वैज्ञानिकहरुका अनुसार च्याउहरु करिब ५० शव्द बोल्न सक्दछन् ।

उनीहरुका हरेक शब्दको लम्बाइ झण्डै साढे पाँच अक्षरको हुन्छ । यद्यपि, दैनिकको कुराकानीमा यिनीहरूले लगभग २० शब्द मात्रै प्रयोग गर्छन् । इलेकट्रिकल इम्पल्स अर्थात् बिजुलीको तरंगमार्फत् यी शब्द एक ठाउँमा अर्को ठाउँमा पुग्छन् । यसैको मद्दतले उनीहरू मौसमी खतराको कुरा पनि अर्कोसम्म पुर्‍याउँछन् । वैज्ञानिकहरूले के भनिरहेका छन् भने, ‘हुन त यसबारे त्यस्तो ठुलो दाबी गर्न सकिँदैन तर च्याउमा यस्ता धेरै कुरा छन् जुन मानिसहरूले थाहा पाउन आवश्यक छ ।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता